site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सातै प्रदेशमा साढे ३३ हजारको कोरोना भाइरसको परीक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकभर ३३ हजार ५६२ जनाको नमुना संकलन गरी कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आरडीटी विधिबाट २५ हजार १४८ जना र ८ हजार ४१४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो । उनले भने, “पाँच हजार ९३६ जना देशैभरका क्वारेन्टाइनमा रहेका छन् ।”

देशैभरका अस्पतालको आइसोलेसनमा १११ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको आशंकामा काठमाडौं उपत्यकाभित्र ४ जना र बाहिर १०७ जना उपचाररत रहेको मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफ्रिङमा बताइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

गत २४ घण्टामा मन्त्रालयले जारी गरेका हाम्रो स्वास्थ्य मोबाइल एपमा ३ जना रेड जोनमा परेका छन् हालसम्म रेड जोनमा २ सय ६३ जना पुगेका मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति जनाको आरडीटी परीक्षण 

Global Ime bank

सरकारले सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने र्‍यापिड टेस्ट कीट (आरडीटी) परीक्षण सुरु गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा  दुई हजार ३४९ जना, प्रदेश २ मा तीन हजार २३८ जना, वाग्मती प्रदेशमा चार हजार ६५१, गण्डकी प्रदेशमा दुई हजार ७५१, प्रदेश ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ जनाको आरडीटी परीक्षण भइसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC