site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘फोटो पत्रकारको सुरक्षामा ध्यान दिऊँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । फोटो पत्रकार क्लब नेपालले अहिलेको महामारीका अवस्थामा फोटो पत्रकारहरुको सुरक्षाका विषयमा ध्यान दिन सञ्‍चारगृहहरुलाई आग्रह गरेको छ । 

क्लबले आज सार्वजनिक अपिल जारी गर्दै विभिन्‍न सञ्‍चार गृहमा कार्यरत फोटो पत्रकारहरु सुरक्षाका न्यूनतम विधिकै भरमा काम गर्न बाध्य रहेकाले उनीहरुको स्वास्थ्यबारे सबैको सहयोग आवश्यक रहेको जनाएको छ । ‘‘आम नागरिकको स्वास्थ्य सुरक्षाको चासो सर्वत्र उठिरहेका बेला ती नागरिकलाई सुसूचित गर्नुपर्ने जिम्मेवारी बोकेका हामी पत्रकारहरु आफैं सुरक्षित रहनु झन् आवश्यक हुन्छ,’’ सार्वजनिक अपिलमा भनिएको छ, ‘‘उनीहरुलाई आधारभूत सुरक्षाका साम्रगी उपलब्ध गराइएको छैन । अझ कतिपयले त महामारीको जटिल परिस्थितिमा समयमा पारिश्रमिक पनि नपाएको गुनासा आएका छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

क्लबले यस्तो विषम परिस्थितिका बेला आफ्ना कर्मचारीको सुरक्षा तथा दैनिक जीवनयापनको विषयमा ध्यान पुर्‍याउन पनि सम्बन्धित सञ्‍चार गृहलाई आग्रह गरेको छ । 

यस्तो छ फोटो पत्रकार क्लब नेपालले जारी गरेको सार्वजनिक अपिल :

Global Ime bank


मिति : २०७६ वैशाख ८

सार्वजनिक अपिल
श्री प्रकाशकज्यू
मार्फत
श्री प्रधानसम्पादक/सम्पादकज्यू
सबै सञ्‍चार गृह ।
बोधार्थ
नेपाल पत्रकार महासंघ, तिलगंगा काठमाडौं ।
नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश ।

कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिबाट कोही पनि अछुतो रहेको छैन । नेपाली सञ्‍चार गृहमा पनि यसको प्रभाव परेकै छ । यस्तो विषम परिस्थितीमा पनि नेपाली जनतालाई सुचनाको हकबाट वञ्चित नगरिकन नेपाली सञ्‍चार गृहले आफ्नो जिम्मेवारी खरो रुपमा वहन गरिरहेका छन् । यस कार्यका लागी नेपाली सञ्‍चार गृहलाई फोटो पत्रकार क्लब धन्यवाद दिन चाहन्छ । तर यस महामारीको घडीमा अन्य विभाग तथा विधाका सञ्‍चारकर्मीको तुलनामा फोटो पत्रकार बढि जोखिममा रहेको सबैमा जानकारी भएकै कुरा हो । अन्यलाई जस्तो फोटो पत्रकारलाई घर वा कार्यालयबाटै सुरक्षित रुपमा काम गर्ने छुट हुँदैन । पेशागत विशिष्टताका कारण फोटो पत्रकारहरुको कामको स्वभाव फिल्डमै खटिनुपर्ने हुन्छ ।
फिल्डमा खटिएर जोखिम मोल्नुपर्ने पेशागत बाध्यतालाई फोटो पत्रकारहरुले समाज, राष्ट्र र आम मानवजातिप्रतिको जिम्मेवारीका रुपमा सहर्ष वहन गरिरहेका पनि छन् । आफनै सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सिद्धान्तलाई समेत वेवास्था गर्दै नेपाली फोटो पत्रकारहरुले सञ्‍चारकर्मको उदाहरणीय नमुना पेश गरिरहेका छन् । विभिन्न सञ्‍चार गृहमा कार्यरत फोटो पत्रकारहरु सुरक्षाका न्युनतम विधिका भरमा काम गर्न बाध्य देखिएका छन् । तर आम नागरिकको स्वास्थ्य सुरक्षाको चासो सर्वत्र उठिरहेका बेला ती नागरिकलाई सुसुचित गर्नुपर्ने जिम्मेवारी बोकेका हामी पत्रकारहरु आफै सुरक्षित रहनु झन आवश्यक हुन्छ ।
यस्तो महामारीका बेला सुरक्षाका पर्याप्त उपाय अपनाउन नपाएका फोटो पत्रकारहरुको सुरक्षाका विषयमा यस क्लबको गम्भीर ध्यानाकर्षण भएको छ । कतिपय साथीहरु न्यूनतम सुरक्षाका भरमा कार्य गदै आइरहेका हामीले देखेका छौ । उनीहरुलाई आधारभूत सुरक्षाका साम्रागी उपलब्ध गराइएको छैन । अझ कतिपयले त महामारीको जटिल परिस्थितीमा समयमा पारश्रमिक पनि नपाएको गुनासा आएका छन् । यस्तो विषम परिस्थितीका बेला आफ्ना कर्मचारीको सुरक्षा तथा दैनिक जीवनयापनको विषयमा ध्यान पु¥याउने पहिलो जिम्मेवारी सम्बन्धित सञ्‍चार गृहकै हो । त्यसो नगर्नु भनेको सञ्‍चार गृह आफ्ना श्रमजिवी पत्रकार तथा कर्मचारी प्रति उदासिन रहेको भन्ने नै बुझनुपर्ने हुन्छ ।
फोटो पत्रकारहरु यस कोरोना संक्रमण विरुद्धको लडाईमा सञ्‍चार क्षेत्रको तर्फबाट अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । त्यसैले उनीहरुको सुरक्षाका लागी चाहिने एन–९५ मास्क, स्यानिटाइजर, पन्जा, चश्मा आवश्यक परेको खण्डमा पिपिई तथा विशेष भत्ता सहित समयमै तलब उपलब्ध गराउन हुन हामी सम्पूर्ण सञ्‍चार गृहसमक्ष सार्वजानिक अपिल गर्न चाहन्छौ । प्रत्येक सञ्‍चार गृहले फोटो पत्रकारहरुको मेहनत र जोखिम मोलेर पनि काम गर्ने शाहसको कदर गर्दै उनीहरुको सुरक्षातर्फ गम्भीर भएर अत्यावस्यकीय व्यवस्था तत्काल गर्नेमा यस फोटो पत्रकार क्लब विश्वास व्यक्त गर्दछ ।
फोटोपत्रकारहरुको सुरक्षा तथा पारिश्रमिकको बिषयमा हाम्रो छाता संगठन नेपाल पत्रकार महासंघ तथा एशोसिएट प्रदेशको ध्यानाकषर्ण गराउदै यस विषयलाइ गम्भिरतापूर्वक लिदै उचित कदम चाल्नेछ भन्नेमा हामी बिश्वस्त छौ । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षा निकाय सहित सम्बन्धित निकायहरुको कार्यमा बाधा नआउने गरी आफनो कार्यगर्न सम्पूर्ण फोटोपत्रकारहरुलाई पनि अनुरोध गर्दछौ । यसका साथै फोटो पत्रकारहरुको कामको प्रकृति बुझी स्वस्थ्यकर्मी, सुरक्षा निकाय सहित सम्बन्धित निकायहरुलाई सहयोग गरीदिन हुन पनि अपिल गर्दछौं ।

धन्यवाद ।
विकास कार्की
अध्यक्ष
फोटो पत्रकार क्लब, नेपाल
९८५१०५६८६५

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC