site stats
बाह्रखरी :: Baahrakhari
देश
हुरीले क्वारेन्टाइनको पाल उडायो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । हावाहुरीले मोरङको मिक्लाजुङमा नेपाली सेनाको क्याम्पमा बनाइएका क्वारेन्टाइनका पाल उडाएको छ ।

सोमाबार बिहानको राति हावाहुरीसँगै परेको पानीले मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ हात्तीमारास्थित सूर्यदल गण क्षेत्रमा बनाइएका क्वारेन्टाइनका ४० थान पाल उडाएको हो । 

हुरीले खानेपानीको फिल्टर १ थान, बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोलीले क्षतिबारे जानकारी लिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:०२
प्रतिक्रिया दिनुहोस्