site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको जोखिममा काठमाडौंका तरकारी बजार (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भीड हुने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुनेलगायत ठाउँमा रहेका तरकारी बजारमा हरेक दिनजसो उस्तै भीड देख्न सकिन्छ । तरकारी बजारमा झुन्डझुन्डमा मानिसहरूले तरकारी किनिरहेका थिए । 

सामाजिक दूरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरूले तरकारी किनिरहेका थिए । बजारमा साबुनपानीले हात धुने व्यवस्था पनि गरिएको छैन । यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन । केही व्यक्तिहरूले मास्क र पञ्जा भने लगाएको देखिन्छ । 

Global Ime bank

अस्थायी बजारका रूपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भीड अस्वाभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ । यस्तै काठमाडौंको भृकुटीमण्डपस्थित टुकुचा बजारमा पनि तरकारी खरिद–बिक्री गर्नेको भीड उस्तै देखिन्छ । यद्यपि यो अस्थायी बजार भने होइन ।

सरकारले करिब दुई साताअघि कालीमाटी तरकारी बजारमा भीड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो । यसबाहेक पनि व्यापारीहरूले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी बिक्री गर्न राखेका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भीड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । 

बल्खु बजारमा तरकारी किनबेचका लागि जम्मा भएका सर्वसाधारणको भीड । हेर्नुहोस् थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC