site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय गौरवलगायत विकास निर्माणका काम अघि बढाइने 

दाङ । दाङमा राष्ट्रिय गौरवलगायत अन्य विकास निर्माणका कामहरु अघि बढाउने सर्वपक्षीय, सर्वदलीय निर्णय भएको छ । 

जिल्लाका दशवटै स्थानीय तह प्रमुख तथा अन्य सरोकारवाला निकायको बैठकले सुरक्षा मापदण्ड पुर्‍याएर जिल्लाका राष्ट्रिय गौरवका आयोजनाहरु, चारलेन, सिंचाइलगायतका आयोजनाहरुको काम अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार सामाजिक दूरी कायम गर्नुका साथै मजदुर क्याम्प निर्माण गरेर विकास निर्माणका कामहरु अघि बढाउने र यसको सहजीकणको काम स्थानीय सरकारले गर्ने निर्णय भएको हो ।

साथै खेतिपातीका लागि आवश्यक मल, बीउलगायत आवश्यक कृषिजन्य सामग्री ढुवानीमा पनि सहज बनाउने, इँट्टा उद्योगमा कार्यरत मजदुरहरुलाई बाहिर निस्किन नदिने तथा बाहिरबाट आएकाहरुलाई नभित्र्याउने, राहत वितरणको कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिने निर्णय भएको समेत उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्