बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
छोरीको हत्या गरी आत्महत्या भन्दै नक्कली घटना बनाएको आरोपमा बाबु पक्राउ
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank

पर्सा । छोरीको हत्या गरी आत्महत्या भन्दै नक्कली घटना बनाएको आरोपमा पर्सामा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपलिका–१ छप्कैयाटोल बस्ने २९ वर्षीय सञ्जय सरार्फ भन्ने सञ्जयकुमार साह सोनार छन् ।

सरार्फकी ७ वर्षीया छोरी अंशुकुमारी सरार्फलाई गत चैत ११ गते  दिउँसो झुण्डी रहेको अवस्थामा फेला परेको उनका बाबुले बताएका थिए ।

Duber nepal

Agani Group

प्रहरीसँग सञ्जयले उपचारका लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको बताएका थिए । तर, प्रहरीले अनुसन्धानका लागि सञ्जयलाई पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा मृतक अंशुले आफैं झुण्डी आत्महत्या गरेको नभई बुवा संजयले घाटी थिची हत्या गरेको खुलेको थियो ।

आफूले गरेको कसुरबाट बच्‍ने उद्देश्यले बनावटी आत्महत्या जस्तो घटना बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्