site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सांसदज्यू, म आठसय किलोमिटर हिँड्न सक्दैनँ’

काठमाडौं । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । यस्तो अवस्थामा म बाहिर निस्कने कुरा पनि भएन । बिहान–बेलुकी खाना बनाउने अफिसको काम गर्ने अनि फुर्सदको समयमा किताब अनि मोबाइल हेर्ने । यसरी नै मेरो दैनिकी बितिरहेको छ ।

खेलकुद पत्रकार भएका कारण राजनीतिक समाचारहरूमा धेरै रुचि जाँदैन् । उसै पनि मलाई राजनीति धेरै मन पर्दैन । राजनीतिको नाम भनौं या एउटा नागरिकको हैसियतले भनौं जसको विचार राम्रो भयो उसलाई भोटसम्म हाल्ने काम भने गर्छु । 

हिजो आज राजनीतिक समाचार पनि धेरै हेर्न थालेको छु । तर, मैले खोजेको समाचार कहिले पत्रिका, अनलाइन अनि रेडियोमा सुन्दैन अनि देख्दैन पनि । अब राजनीतिक समाचार आएका छन् त यसले कस्तो समाचार खोजेको भन्ने प्रश्न आउला । 

Prabhu Bank
Agni Group
NIC Asia

मैले देख्न चाहेका समाचार । 
कुन मन्त्रीले कुन स्थानमा राहत वितरण गरे ? कुन राजनीतिककर्मीले कहाँको नागरिकलाई सहयोग गरे ? कुन मन्त्रीले आफ्नो एक महिनाको तलब कटौती गरेर राहत कोषमा हाले ? यो यस्तै समाचारको खोजीमा छु । तर, लकडाउन भएको २८ दिन बित्दा पनि यस्तो समाचार पढ्न, देख्न अनि सुन्न पाएको छैन । 

यो सबै प्रश्न सबैलाई गर्दैन आरम्भ आफ्नै गर्छु । उसो त सबै मन्त्री तथा सासंदसँग मेरो पहुँच पनि छैन । आफैंले पनि भोट हालेर जिताएको सासंदलाई यो सबै प्रश्न गर्ने अधिकार भने मलाई छ । करिब आठ सय किलोमिटर टाढा जुम्लामा मेरो घर । काठमाडौं बसेको लामो समय भयो । योबीच मैले मेरो जिल्लाका सासंद गजेन्द्र महतलाई प्रत्यक्ष भेट्न पाएको छैन । कहिले–काहीँ उहाँले संसदमा बोलेको भिडियो क्लिप भने हेर्ने गर्छु । 

Global Ime bank

यदि राजनीतिक बिटमा पत्रकारिता गर्थे भने सायद धेरैपटक हाम्रो भेट हुने थियो । यो समयमा भने सांसदज्यूको साह्रै याद आएको छ । सायद यो समयमा मैले मात्र होइन जुम्लावासी सबैले तपाईंलाई याद गरिरहेका छन् । भलै सबै जुम्लाका बासिन्दालाई सम्झने तपाईंसँग समय नहोला । 

तपाईंको फेसबुक वालमा धेरैपटक हेर्ने गर्छु । जुम्लाका विकास र विस्तारका कुराहरू कति रहेछन् भनेर । तर, यो महामारीका बेला तपाईंको फेसबुक कमै चलेको देख्छु । उसो त जुम्लामा इन्टरनेटले राम्रो काम गर्दैन पनि । भोट माग्दा तपाईंले भन्नुभएको थियो– जुम्लाका सबै बस्तीमा फ्री–इन्टरनेटको व्यवस्था गर्छु भनेर । आशा गरौं छिटै पूरा होस् । 

अब मुख्य कुरामा लागौं । म यति बेला लकडाउनमा छु । खाना बस्न र दैनिक गुजारा गर्न पुगेको छ । तर, मजस्तै काठमाडौंमा बस्ने सबै जुम्लावासीहरूको अवस्था कस्तो छ भन्ने तपाईंले आजसम्म पनि सोच्नुभएको छैन । नत कसैलाई सोध्ने जाँगरै पाल्नुभयो । तपाईंले आफ्नो फेसबुकमा एउटा स्टाटस हालेर पोस्ट गरेको भए पनि म ठीक छु है भन्ने जवाफ दिने थिएँ । किनकि म तपाईंको फेसबुकमा साथी छु । 

यो त परको कुरा भयो । यदि मैले भोलिको दिनमा खान नपाएर जुम्ला जानुपर्ने भयो भने ? किनकि यही तरिकाले लामो समयसम्म यतै बस्नुपर्यो भने त पक्कै भोकमारी अवस्था आउँछ । म आफ्नो परिवारबाट मागेर गुजारा चलाउँला तर, यहाँ यस्ता पनि मानिस छन् जसले आफ्नो परिवारलाई पाल्न राजधानीमा दैनिक मजदुरी गरिरहेका छन् । अब गाउँ फर्कनुपर्यो भने । सोच्नुस् त... आठ सय किलोमिटर हिँड्न सम्भव छ ? तपाईंलाई जुम्ला जानुपर्यो भने त हेलिकोप्टर चार्टर्ड नै गर्न सक्नुहुन्छ होला । अनि हाम्रोबारेमा केही सोच बनाउनुभएको छ ?

अनि अर्काे कुरा तपाईंले आफ्नो एक महिनाको तलब राहत कोषमा हालेको पनि हेर्न चाहन्छु । ताकि सबै जिल्लाका सासंदहरूलाई उदाहरणका रूपमा पेस गर्न सकुँ । तपाईंको एक महिनाको तलब कटाउँदा तपाईंलाई केही फरक पर्दैन मलाई थाहा छ । तर, गरिब जनतालाई धेरै राहत मिल्नेछ । यो सबै मेरो गुनासो र सकारात्मक सोचका रूपमा लिनुहोला । अब म तपाईंको जवाफको आशामा छु । 
धन्यवाद ।

तपाईंकै जिल्लावासी ।
भुपेश उपाध्याय, जुम्ला । 
हाल : कीर्तिपुर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC