site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 प्रहरीले जब नागरिक रोएको देख्न सकेन...
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनअघि काठमाडौंको कलंकीमा औषधि लिएर आएको परिवारमाथि प्रहरीले गरेको लाठी प्रहारको चौतर्फी आलोचना भयो ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ड्युटी सकेर कोठामा फर्किँदै गरेका चिकित्सकमाथि लाठी प्रहार गर्ने डीएसपीलाई विभागीय कारवाही नै भयो ।

त्यतिमात्रै होइन, बिरामी लिएर गएको मोटरसाइकललाई घण्टौँ उभ्याइदिने, तरकारीसहित अत्यावश्यक सामग्री किन्न हिँडेका नागरिकमाथि लाठी प्रहार गर्ने गरेको भन्दै अहिले नेपाल प्रहरी चौतर्फी आलोचनाको पात्र बनेको छ ।

‘प्रहरीको दमन’, ‘प्रहरीद्वारा लाठी प्रहार’ । कारोनाभाइरसको सम्भावित जोखम कम गर्न सरकारले आह्वान गरेको लकडाउनका अवधिमा लेखिएका समाचार शीर्षक हुन्, यी ।

Prabhu Bank
Agni Group
NIC Asia

‘प्रहरी मेरो साथी’ ‘मुस्कानसहितको सेवा’ जस्ता नारा सामाजिक सञ्जालमा मजाकको विषय बन्छ । सुरक्षा दिने क्रममा बदनाम बनेको छ, प्रहरी संगठन ।

तर कतिपय प्रहरीले भने त्यसविपरीत लकडाउनमै अप्ठेरोमा परेका मजदुरको उद्धार पनि गरेका छन् ।

Global Ime bank

डेढ साताअघि सतुंगलमा एक प्रहरी हवल्दारले अण्डा बोक्ने गाडी रोकेर हिँडेरै घर जान ठीक्क परेका सर्वसाधारणलाई पठाइदिएका थिए । आइतबार पनि थानकोटस्थित त्रिभुवन पार्कमा राखिएका एक सयभन्दा बढी नेपालीलाई गन्तव्यको नजिकतर्फ त्यसरी नै पठाइदिए ।

यस्तो थियो आइतबार साँझको दृष्य ।

पार्कमा दिनभरी सुरक्षा दिएपछि प्रहरीले उनीहरुलाई राजधानी बन्क गरायो । 

त्यहाँका जनप्रतिनिधिले शनिबार पैदल यात्रीलाई गाडीमा हालेका समाचार फिँजिएपछि आइतबार करिब ३ सय सर्वसाधारण त्रिभुवन पार्क पुगेका थिए । त्यहाँ खान तथा बस्नको राम्रो प्रबन्ध थियो । त्यहाँका जनप्रतिनिधिको अगुवाइमा सो काम भएको थियो ।

तर, ती जनप्रतिनिधिले पार्कमा आएका सर्वसाधारणलाई पठाउन सकेनन् । आइतबार रात छिप्पिँदै थियो ।

आइतबार दिउँसो पार्कमा देखिएका आम सर्वसाधारणको कारुणीक दृष्यलाई मैले रिपोर्टर डायरीमा उतार्ने प्रयास गरेको थिएँ ।

साथमा बालबच्चा बोकेर हिँडेरै भए पनि जान्छौं भन्ने दृष्य प्रहरीहरुले टुलुटुलु हेर्न सकेन ।

राजधानीका विभिन्न स्थानमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने आम नागरिकलाई गन्तव्यसम्म पु¥याउनु उनीहरुले आफ्नो धर्म ठाने । मानवताको भएको हैसियतले सहयोग गरे । एउटा नेपालीको पिडा अर्कोले बुझ्यो ।

कोरोना जोखिम कम गर्न जोजो जहाँ छन् त्यहीँ त्यही बस्नू भन्ने सरकारको आदेश सिद्धान्तमा राम्रो देखिए पनि व्यवहारमा एउटा प्रहरी कर्मचारीलाई ठीक नलागेको हुनुपर्छ । 

त्यसैले मध्येरातिसम्म उनीहरुले अप्ठेरोमा परेका नागरिकलाई काठमाडौंमा सामान लिएर आएका सवारीसाधनमै भए पनि पठाइदिएका थिए ।

उनीहरुले सञ्चारमाध्यमलाई तस्बिर नलिन आग्रह गरेका थिए ।

प्रहरीका एक उच्च अधिकारी त्यहाँ थिए । मैले फ्ल्यासलाइट बाल्दै फोटो खिचेको देखेर एक प्रहरीले मलाई फोटो नखिच्न आग्रह गरे । उनले भने, “हाकिमहरु आउनु भएको छ । एकैछिन रोकिदिनोस् । हामीले पनि जवाफ दिनुपर्छ ।”

त्रिभुवन पार्कको अगाडि रहेका ४२ जनालाई ना ६ ख ९१५५ नम्बरको ट्रकमा हालेर प्रहरीले गन्तव्यसम्म पठाइदिएको थियो ।  त्रिभुवन पार्कमा यो दृष्य देख्नु केही समयअघि मात्रै चेकपोष्ट प्रहरी चौकीको केही मिटर परबाट ६२ जना ना ६ ख ३४२८ नम्बरको ट्रकमा चढेर तुलसीपुर गएका थिए । ट्रकमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुग्ने मजदुर छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC