बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बन्दाबन्दीमा ३० जनाले गरे आत्महत्या
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

रुपन्देही । बन्दाबन्दीमा  प्रदेश ५ मा ३० वटा आत्महत्याका घटना भएका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एकए जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

बन्दाबन्दीमा एउटा यौन दुर्व्यवहारकोसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्