site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलिकप्टरबाट बिरामीको उद्धार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रसुवा । घाँस काट्न जाँदा रूखबाट लडेर टाउकामा गम्भीर चोट लागेका एक युवकलाई थप उपचारका लागि  हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।

रसुवा जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलका अनुसार लडेर घाइते भई उपचारमा आएका नौकुण्ड गाउँपालिका घर भई धुञ्चेमा बसोबास  गर्ने १८ वर्षीय सुवास तामाङलाई यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।

जंगलमा घाँस काट्ने क्रममा रूखबाट लडेका उनलाई अर्थ सङ्कलन गरेर प्रजिअ अर्जुन भण्डारीको पहलमा हेलिकोप्टर चार्टर गरी पठाइएको आफन्त काजी तामाङले बताए । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०२:०५
प्रतिक्रिया दिनुहोस्