site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री
Ghorahi CementGhorahi Cement

बैतडी । बैतडी घर भई डेनमार्कमा अध्ययनरत एक विद्यार्थीले कोरोनाको सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन् ।

बैतडीको सिगास घर भएर डेनमार्कमा अध्ययनरत पङ्कज चन्दले जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला, बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र दार्चुलास्थित सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मलाई स्वास्थ्य सामग्री पठाएका हुन् ।

Agni Group

उनले बैतडी र दार्चुला जिल्ला अस्पताललाई समान २५० सर्जिकल मास्क, ४०० पञ्जा, स्यानिटाइजर पाँच, पीपीई चार थान पठाएका हुन् । यस्तै बैतडी र दार्चुलाका सशस्त्र प्रहरीका गुल्मलाई समान ३५० मास्क, पञ्जा ४०० र स्यानिटाइजर आठ वटा पठाएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंह जानकारी दिए ।

कोरोना भाइरसविरुद्ध लड्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले स्वास्थ्य सामग्री पाएपछि भाइरसको जोखिमबाट बच्न सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।

Global Ime bank

विदेशमा रहेर पनि गृह जिल्लालाई सम्झिएर स्वास्थ्य सामग्री पठाउनु निकै सराहनीय कार्य भएको उनले बताए । सकारात्मक सोचका साथै सहयोग गरेकोमा सशस्त्र प्रहरी र अस्पतालले उनलाई धन्यवादसमेत ज्ञापन गरेको छ । विदेशमा रहेका पङ्कजले अनलाइनमार्फत काठमाडौँमा स्वास्थ्य सामग्रीको माग गरी बैतडी पठाएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC