site stats
बाह्रखरी :: Baahrakhari
देश
अलपत्र परेका ४ सय मजदुरको उद्दार, ९ वटा बसमा घर गए मजदुर

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् । 

काभ्रेका विभिन्न स्थानबाट हिँडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री पुनले लकडाउनले अलपत्र परेकाहरूलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाए । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् । 

काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २२:३८
प्रतिक्रिया दिनुहोस्