site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना जोखिम हुन नदिन अनुगमन
Sarbottam CementSarbottam Cement

विराटनगर । कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँगको सहकार्य र  समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिए । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी, काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, वडा १५ का अध्यक्ष असलम आलमलगायत सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुस्लिम समुदायको अवस्था बुझ्‍न आग्रह गरिएअनुसार  अनुगमन गरिएको र  आपसी धार्मिक सद्‍भाव तथा एकतालाई अझ बलियो बनाउँदै  कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आवश्यक रहेको प्रमुख  पराजुलीले बताए ।

यहाँस्थित वडा १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएको नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । अनुगमनमा सहभागी काङग्रेस केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गरे ।

Global Ime bank

वडाध्यक्ष आलमले  अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC