site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुनचांँदी व्यवसायीद्वारा बेसाहारालाई दैनिक भोजन
Sarbottam CementSarbottam Cement

चितवन । लकडाउनको समयमा काम र माम नपाएका सडक बालबालिका, विपन्न, जोगी, र दैनिक ज्याला मजदुरलाई चितवनका सुनचांँदी व्यवसायीहरूले दैनिक भोजन खुवाएका छन् ।

चितवनका व्यवसायीको चार संस्थाको समन्वयमा चैत २९ देखि भोजन खुवाउन थालिएको हो । लकडाउनको समयमा खाना नपाएर भोकै रहेका त्यस्ता वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्देश्यले दैनिक भोजन खुवाउने अभियान थालिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“लकडाउनको समयमा राज्यसमेत उदासीन छ,” उनले भने, “हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।” उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाइँदै आइएको छ । 

पहिलो चरणमा वैशाख १५ सम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिँदै गए पनि भोजन खुवाउने कामलाई निरन्तरता दिइने संयोजकसमेत रहेका रामुदामुको भनाइ छ ।
हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिसरमा भोजन वितरण गरिरहेको छ । 

Global Ime bank

मागेरसम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरूलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामुदामुको भनाइ छ । उनका अनुसार चारवटै संस्थाको कोषबाट उनीहरूलाई भोजन वितरण गरिएको छ । 

अहिले नारायणगढ बजारवरिपरि रहेका त्यस्ता व्यक्तिहरूलाई लक्षित गरी खाना खुवाइएको हो । नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान सञ्चालन गरिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC