site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल-भारत सीमामा सीसीटीभी
Sarbottam CementSarbottam Cement

धनुषा । प्रदेश २ सरकारले नेपाल-भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्‍न नाकामा सीसीटीभी जडान गर्न लागेको हो ।

“नेपाल-भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो,” प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोजसिंह कुशवाहाले भने । भारतसँग जोडिएको खुला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सीसीटीभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए । 

यस्तै, सीमानाकामा निगरानी बढाउन सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एक हजार २६५ क्‍वारेन्टाइनमा
प्रदेश २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शंकास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म ६ जनाको स्वाब संकलन गरिएको छ ।

त्यसैगरी आरडीटी किटबाट परीक्षणका लागि शनिबारसम्म एक हजार ८२२ जनाको स्याम्पल संकलनमा एक हजार ८१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीनजनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९४० जनाको आरडीटी संकलन गरिएको हो । 

Global Ime bank

हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९२३ जनाको आरडीटी परीक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी सप्तरी जिल्लाबाट २८७ जनामा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ, सर्लाहीबाट ५४ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आरडीटीमा देखाएको छ । 

सिरहाबाट ११०, धनुषा र महोत्तरीबाट ५४/५४, रौतहटबाट २७८ र बाराबाट ६२ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखाइएकाको पुनः स्वाब परीक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै आधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी प्रदेश २ भरिका १७१ क्‍वारेन्टाइनमा एक हजार २६५ जना छन् भने एक हजार ६७७ जना होम क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सप्तरीमा ५८७ शय्याको ३२ वटा, सिरहामा २५८ शय्याको १७,  धनुषामा ३६२ शय्याको १७, महोत्तरीमा ३८८ शय्याको १९, सर्लाहीमा ४१७ शय्याको ३७, रौतहटमा ७०५ शय्याको १६, बारामा ४०४ शय्याको १७ र पर्सामा ४८८ शय्याको १६ वटा क्‍वारेन्टाइन हालसम्म निर्माण भइसकेको छ ।

प्रदेशका आठवटै जिल्लामा २२० शय्यासहितको आइसोलेशन वार्ड निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० शय्यासहित आइसोलेसन वार्ड निर्माण गरिएको छ । तीमध्ये सिरहामा चार, धनुषामा चार, बारामा दुई र पर्सामा चारजना गरी प्रदेशभरिमा जम्मा १४ जना आइसोलेसन वार्डमा भर्ना भएको अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए। -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC