बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राहत लुटपाट गरेको आरोपमा ५ जना पक्राउ
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

पर्सा । पर्सागढी नगरपालिका–५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्यामकुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

उक्त टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा राहत लिन आएका बेला राहत बाँड्ने व्यक्तिमाथि हातपात गरेको आरोप उनीहरुमाथि छ । उनीहरुले राहत सामग्री समेत लुटेर लगेको ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्