बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पैदल हिँडेका मजदुरलाई खाना खाजा खुवाउँदै घर पठाउँदै
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

धादिङ । कोभिड-१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी (लकडाउन) पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।
 
धादिङका विभिन्न स्थानलगायत काठमाडौं, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको सक्रियतामा उनीहरूलाई सहयोग गरिएको हो ।
 
धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताको सक्रियतामा बटुवा र खटिने सुरक्षाकर्मीलाई फलफूल खुवाइएको छ । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि मजदुरी गर्नेहरु खाने समस्या परेका कारण लामो दूरी हिँडेरै घरतर्फ जान लागेका हुन् ।
 
धादिङको थाक्रे गाउँपालिकाले स्थानीय युवाको सक्रियतामा महादेवबेँसीमा ५०० मजदुरलाई खाजा र पानी खुवाइएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ । पैदलयात्री ३०० मजदुरलाई खाना, खाजा खुवाएको आदमघाटबाट विष्णु श्रेष्ठले जानाकारी दिए ।
 
गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साताअघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् ।
 
चरौँदीमा स्थानीय युवाको सक्रियतामा पैदल हिँडेका मजदुरलाई खाजा र पानीको व्यवस्था गरिएको छ । करिब ३०० मानिसलाई खाजा खुवाइएको हो । धादिङ प्रवेश गरेपछि जुन क्षेत्रमा मजदुरलाई स्थानीय सरकारहरुले फेला पार्छ त्यही स्थानीय सरकारले खाना खाजा खुवाउने र कुनै न कुनै सवारी साधनमा चढाएर पठाउन थालेका कारण राजमार्ग क्षेत्रमा मानिस हिँडेको नदेखिएको चरौँदीबजार निवासी राममणि थपलियाले जानकारी दिए ।
 
यसैगरी धादिङको सिमाना जोडिएको चितवनको इच्छाकामना गाउँपालिकाले बटुवालाई खाना खाजा खुवाएर प्रहरीको सहयोगमा मजदुरलाई गाडी चढाएर घरतर्फ पठाएको छ । -रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्