site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा लकडाउन उल्लंघन गर्ने १,२४७ सवारीसाधन नियन्त्रणमा
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै लगाइएको लकडाउन उल्लंघन गर्ने सवारीसाधन नियन्त्रणमा लिने क्रम बढेको छ ।

मोरङभर प्रहरीले लकडाउन उल्लंघन गर्न नदिन प्रयास गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धेरैले लकडाउन बेवास्ता गर्दै सवारीसाधन चलाउने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो अवधिभर प्रहरीले एक हजार दुई सय ४७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार यसमा मोटरसाइकल ७ सय ६३, स्कुटी ५२, कार, भ्यान २३, ट्र्याक्टर १४, ट्रक २५, साइकल ३ सय ३०, सिटीरिक्सा तथा ट्याम्पो ४० नियन्त्रणमा लिइएको हो ।

प्रहरीले यो अवधिमा ६ सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले भने, “हामीले लकडाउन बाध्यतावश लगाइएको हो र रोगको संक्रमण फैलन नदिन सबैको उत्तिकै जिम्मेवारी छ भन्ने विषयमा पनि जनचेतना दिलाउने काम गरिरहेका छौं ।” राईले लकडाउन मान्नु नागरिकको कर्तव्य भएको सुनाए । 

Global Ime bank

हाल क्‍वारेन्टाइनमा महिला १०, पुरुष एक सय २६ गरी एक सय ३६ जना राखिएको प्रहरीको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC