बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जापानका बालबालिका किन स्कुल जान मान्दैनन् ?
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, चैत २१, २०७६
Laxmi Bank
Laxmi Bank

बीबीसी । जापानमा पछिल्लो समय स्कुल जान नमान्ने बालबालिकाहरुको सङ्ख्या वृद्धि भइरहेको छ । यस गतिविधिलाई जापानी भाषामा त्यहाँको शिक्षा मन्त्रालयले नै ‘फुतोको’ नाम दिइएको छ । यसरी स्कुलबाट बाहिरिने बालबालिका बढ्दै जानुले यसमा बालबालिकाहरुको दोष नभएर स्कुल प्रणाली जिम्मेवार रहेको बताइएको छ । 
दश वर्षीय युता इतो आफूले स्कुलमा महसुस गरिरहेको अवस्थाबारे बताउन लामो समय पर्खिए । पारिवारिक भेलाका क्रममा उनले सबै समक्ष आफूलाई स्कुल जान मन लाग्न छाडिसकेको स्वीकारेका हुन् । महिनौँदेखि उनी जबरजस्ती स्कुल गइरहेका थिए भने कतिपय दिनहरुमा विभिन्न बहानामा जान मान्दैनथे । यस्तोमा उनी कक्षाका साथीहरुबाट अपहेलित भएको र बारम्बार झैझडामा संलग्न रहेको थाहा भएको हो जसपछि उनका बाबुआमासँग तीनवटा विकल्प बाँकी रहे – उनलाई स्कुलकै परामर्श कक्षामा राखिदिने र आगामी दिनहरुमा यसमा सुधार आउने अपेक्षा गर्ने नत्र उनलाई घरमै राखेर पढाउने अथवा एक स्वतन्त्र स्कुल पठाउन सुरु गर्ने । 

उनीहरुले यसमा सबैभन्दा अन्तिम विकल्प चुनेका हुन् । अहिले युता एक स्वतन्त्र विद्यालयमा पढ्छन् र दिनभर आफूलाई जे मनलाग्यो त्यही गरेर बिताउँछन् । उनी पहिले भन्दा धेरै खुसी रहेको उनको परिवारको भनाइ छ । 

Duber nepal

Agani Group

युता जापानका त्यस्ता कैयौँ फुतोको मध्येका एक हुन् । फुतोको भनेको स्वास्थ्य वा आर्थिक अवस्थासँग असम्बिन्धत कारणले ३० दिन भन्दा लामो समय स्कुल नजानु हो । यसलाई ‘स्कुल फोबिया’ पनि भन्ने गरिएको छ । यसरी फुतोकोप्रतिको धारणा पछिल्ला केही दशकमा परिवर्तित भएका हुन् । १९९२ सम्म पनि स्कुल जान नमान्नुलाई एक किसिमको मानसिक बिमारी मानिन्थ्यो । तर १९९७ मा यसलाई फुतोको नाम दिएर साधारण रुपमा लिन थालिएको हो । यसरी अक्टोबरमा मात्र जापानी सरकारले प्रारम्भिक र माध्यमिक तहका विद्यार्थीहरुमा स्कुल नजानेको सङ्ख्याले हालसम्मकै उच्च रेकर्ड बनाइ १ लाख ६४ हजार बढी पुगेको जानकारी सार्वजानिक गरेको थियो । 

फुतोकोहरुको बढ्दो सङ्ख्याकै कारण सन् १९८० को दशकमा स्वतन्त्र स्कुलको अभियान सुरु भएको हो । यिनलाई वैकल्पिक स्कुलका रुपमा लिइन्छ जसमा प्रत्येक विद्यार्थी स्वतन्त्र हुन्छन् र व्यक्तिगत सिद्धान्तमा सञ्चालन गर्ने गरिएको छ । यसरी साधारण विद्यालयको सट्टा वैकल्पिक स्वतन्त्र स्कुल जानेहरुको सङ्ख्यामा केही वर्ष यता अधिक वृद्धि भएको छ । तर स्कुलबाट बाहिरिनुको दिर्गकालीन परिणाम समस्याजनक हुने गरेकाले यो समस्यालाई गम्भीरतापूर्वक लिइनुपर्ने बताइएको छ । यसका कारण युवाहरु समाजबाट एक्लिँदै जाने र आफूलाई लामो समयसम्म कोठामा बन्द गरेर राख्ने गरेका छन् जसलाई ‘हिकोमोरी’ भनिन्छ । अझ यो भन्दा पनि आत्महत्याको सम्भावनाप्रति अझ बढी चिन्ता व्यक्त गरिएको छ । २०१८ मा स्कुले विद्यार्थीहरुमा आत्महत्याको दर हालसम्मकै उच्च पुगेको थियो । 

विशेषगरी पारिवारिक अवस्था, साथीहरुसँग व्यक्तिगत समस्या, अपहेलाना र दुव्र्यवहारको शिकार हुनेकारण नै बालबालिकाहरुले स्कुल मनपराउन छाड्ने गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले देखाएको छ । प्रायः विद्यार्थीहरुले आफू कक्षाका अरु साथीसँग मिल्न नसकेको र कहिलेकाहिँ शिक्षकसँग पनि समस्या भएकाले बाहिरिने गरेको बताउँछन् । तोमोए मोरिहासी पनि यही अवस्थाबाट गुज्रिएकी हुन् । १२ वर्षीया तोमोए भन्छिन्, “मलाई स्कुलमा धेरै मान्छेसँग असहज महसुस हुन्थ्यो । यसकारण पनि मेरो स्कुल जीवन अधिक पिडादायी रह्यो । ” अहिले तोमोए पनि युता जसरी नै स्वतन्त्र स्कुलमा पढ्छिन् । त्यहाँ उनीहरुलाई व्यक्तिगत रुची अनुसारका शीपमा केन्द्रित रहन प्रोत्साहित गरिन्छ । 

प्रोफेसर उचिनदाका अनुसार शिक्षा मन्त्रालयले अहिले स्कुलबाट बाहिरिने घटनालाई अनियमित भन्दा पनि ट्रेन्डका रुपमा स्वीकारिरहेको छ । उनका अनुसार फुतोको बालबालिकाहरु आफैँमा समस्याग्रस्त हैनन् र केबल एउटा सहज वातावरण प्रदान गर्न नसकेको शैक्षिक प्रणाली विरुद्ध प्रतिक्रिया मात्र जनाइरहेका छन् । अहिले जापानका पाँच लाख भन्दा धेरै युवाहरुले समाजलाई बहिस्कार गरि कोठाबाट बाहिर ननिस्कने गरिरहेका छन् जसलाई नै हिकिकोमोरी भनिएको हो । यस्तो अवस्थामा तिनका परिवारलाई के गर्ने भन्ने थाहा नहुँदा यो समस्याले धेरै ठूलो रुप लिइरहेको छ । तर एक सामाजिक संस्थाले युवाहरुलाई तिनको एक्लोपनाबाट बाहिर निकाल्न मद्दत गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ ।  
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्