site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाका कारण ५३ हजारभन्दा बढीको मृत्यु  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । महामारीका रुपमा विश्वभर फैलिएको भाइरसका कारण अहिले ३७ हजार ६९८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । 

७ लाख ११ हजार ५१२ को अवस्था मध्यम रहेको छ । २ लाख ६५ हजार १७६ जनाको अवस्था सुधारोन्मुख छ । २ लाख १२ हजार १८ जना पूर्णरुपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 
अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ व्यक्तिमा यो भाइरसको संक्रमण देखिसकेको छ । 

इटलीमा १३ हजार ९१५, स्पेनमा १० हजार ३४८ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अमेरिमा ६ हजार ६२ को मृत्यु हुँदा फ्रान्समा १ हजार ३५५ जनाले ज्यान गुमाइसकेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०६:२१
प्रतिक्रिया दिनुहोस्