site stats
बाह्रखरी :: Baahrakhari
देश
१७ बन्दी रिहा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका  ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले  जानकारी दिए । सो भाइरसको जोखिमका कारणले कारागारले  कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण  बन्द गरेको उनले बताए । रासस 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २२:५३
प्रतिक्रिया दिनुहोस्