site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगलागीबाट घर गोठ जलेर क्षति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तुलसीपुर । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं  ६ मनिकापुरमा बिहीबार अपराह्न करिब ४:०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

स्थानीय विष्णु रानाको घर तथा भान्साघर, भक्तबहादुर सुनारको गोठ, कृष्णबहादुर सुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । 

आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठ तथा फर्निचर एवं महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, इलाका प्रहरी तथा स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको यकीन विवरण अझै आएको छैन । स्थानीय भक्तबहादुर सुनारको गोठ नजिकै विद्युत्को ट्रान्सफार्मर रहेको र सोको फ्युजबाट निस्किएको झिल्काले आगलागी भएको प्रहरीले बताएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ००:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC