site stats
बाह्रखरी :: Baahrakhari
देश
औषधि उपकरणमा अनियमितता भएको भन्दै वीर अस्पतालका कर्मचारीद्वारा अख्तियारमा उजुरी

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक औषधि उपकरण खरिदमा अनियमितता भएको भन्दै वीर अस्पतालका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा उपचारका स्वस्थ्यकर्मीलाई अत्यावश्यक सामग्रीमा अनियमितता गरेको भन्दै अस्पतालकी एकाइप्रमुुख नर्स भगवती थपलिया, खरिद एकाइका अरुण महतो, डिल्ली आचार्य, कम्प्युटर साहयक विष्णु घिमिरेविरुद्ध अस्पतालका कर्मचारीले उजुरी दिएका हुन् । उनीहरूले सो उजुरी अनलाइनमार्फत् दिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थपलिया, महतो, आर्चाय र घिमिरेको मिलेमतोमा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने माक्स, सेनिटाइजर, गाउन, पन्जा (सर्जिकल ग्लप्स) पीपीई सेट इन्फारेट थर्मोमिटर, आइसोलेसन बेर्ड तयार गर्न आवश्यक सामान, औषधि र स्प्रे गर्ने मेसिन आदिमा अत्यधिक महँगो र गुणस्तरहीन सामान खरिद गरिएको अस्पतालकै एक कर्मचारी बताउँछन् ।


 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्