बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
हामीले कुनै पनि बिरामी फर्काएका छैनौँ : बी एण्ड सी
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, चैत २०, २०७६
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । झापामा रहेको बी एण्ड सी अस्पतालले आफूहरुले कुनै पनि बिरामी नफर्काएको स्पष्ट पारेको छ ।

कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यतिवेला कोभिड १९ भाइरसले विश्व आक्रान्त छ । यो माहामारीको समयमा सरकार र स्वास्थ्य सेवा संवेदनशील बन्ने र आ–आप्mनो क्षेत्रबाट अतुलनीय योगदान दिने समय हो । यस विषम परिस्थितिमा नेपालकै एकमात्र मात्र सुविधा सम्पन्न नमुना तथा अत्याधुनिक विएण्डसी टिचिड्ग हस्पिटलको पनि विशेष भूमिका रहन्छ ।”

उनले विज्ञप्तिमार्फत भनेका छन्, “हामी र हाम्रो यस संस्था जहिले देश र जनता प्रति समर्पित रहेको छ । यो समयमा यसभन्दा अघि नै यस मात्र सुविधा सम्पन्न नमुना तथा अत्याधुनिक विएण्डसी टिचिड्ग हस्पिटल आवस्यक्ता महसुस गरे सरकार लाइ नै जिम्मा दिने समेत यसभन्दा अघि नै अवगत गराइसकेको छ । अस्पताल २४ सै घण्टा खुल्ला रहेको  र सवै डाक्टर र स्वास्थ्यकर्मीहरु जोखिमको विचमा काम गरिरहनु भएको छ । यस अस्पताल वाट हालसम्म कुनै पनि विरामीलाइ नर्काइएको र कसैप्रति भेदभाव नगरेको स्पष्ट गराउन चाहान्छौ । यदि कसैको केहि गुनासो  भए सोझै अस्पताल प्रशासनमा उजुरी गर्न अनुरोध गर्दछौं । यदि यस्ता कुनै आरोप प्रमाणित भए अस्पताल प्रशासनले छानबिन गरि कारवाही गर्ने समेत स्पष्छ पार्न चाहन्छौँ । उपचारका लागि यस हस्पिटलमा हालसम्म आउनुभएका  केही पनि नफर्किएको र उपचार गर्न अस्विकार नगरेको जानकारी गराउँछौ । अन्य अस्पताल र स्वास्थ्य संस्थामा भएगरेका केहि उपचार र घटनालाइ यस अस्पतालसँग नजोड्न समेत सबैमा आग्रह गर्दछौँ ।”
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, चैत २०, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्