site stats
बाह्रखरी :: Baahrakhari
देश
विवेकशील नेपाली दलद्वारा पीपीई वितरण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड -१९ को विपद्को अग्रपङ्क्तिबाट सामना गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकालाई ३२ थान तथा महानगरीय प्रहरी परिसर, टेकुलाई १० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सुट आज हस्तान्तरण गरेको छ। 

दलकी कोषाध्यक्ष तथा सुट बनाउने कार्यक्रम संयोजक सुमित्रा गुरुङले भनिन्, "सरकारको उचित निर्णय र कदमलाई कुनै कन्जुस्याइँ नगरी साथ दिने, अनियमितता भएमा खबरदारी गर्ने र अझ राम्रो गर्न के गर्नुपर्छ-उचित सुझाव दिन हामी निरन्तर लागिरहेका छौँ। साथै यो आपतको घडीमा एकजुट भएर काम गर्न सबैलाई विवेकशील नेपाली दल आह्वान गर्दछ।"
 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:१८
प्रतिक्रिया दिनुहोस्