site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिलोपल्ट अष्ट्रेलिया पुग्यो निगमको वाइडबडी, ब्रिसबेनमा भयो ल्यान्ड

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियाको ब्रिसबेनमा ल्यान्ड भएको छ । लकडाउनका कारण नेपालमा रोकिएका अस्ट्रेलियाका नागरिक लैजान नेपालस्थित अस्ट्रेलिया दूतावासको पहलमा निगमको चार्टर विमान त्यहाँ पुगेको हो ।

अघिल्लो दिन साँझ ६ बजेर ९ मिनेटमा उडेर विमान मलेसियाको क्वालालम्पुरमा इन्धन भर्दै अस्ट्रेलियाको ब्रिसबेन पुगेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि दूतावासले अस्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गरिएको हो ।

विमानमा क्रु मेम्बरसहित २ सय ५७ जना अस्ट्रेलियाली नागरिक थिए ।

निगम एयरबसको वाइडबडीबाट पहिलोपल्ट अस्ट्रेलिया पुगेको हो । नेपालले ५ महिनाअघि मात्रै अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो ।

तस्बिर : अरुण तिवारी–ब्रिसबेन

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्