site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोनाले पछिल्लो २४ घण्टामा ५ हजार १०९ को मृत्यु 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ५ हजार १०९ जनाको मृत्यु भएको छ । हिजो (बुधबार) बिहान ७ बजेसम्म कोरोनाका कारण ज्यान जानेको संख्या ४२ हजार ११४ थियो । 

मृत्यु हुने दर बढ्दै गएको छ । मंगलबार पछिको २४ घण्टामा ४ हजार ३०० ले ज्यान गुमाएका थिए । पछिल्लो २४ घण्टामा ५ हजार १०९ को मृत्यु भएको छ ।  विश्वभर फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेमा संख्या ४७ हजार २२२ पुगेको छ । कोरोनाको संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार ५८१ मा देखिसकेको छ । 

अहिले ६ लाख ९४ हजार ९९ कोरोनाबाट संक्रमित छन् यसमध्ये ३५ हजार ४७८ को अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ६२१ को अवस्था सामान्य छ ।  अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ । स्पेनमा ९ हजार ३८७ पुगेको छ भने अमेरिकामा ५ हजार १०९ जनाले ज्यान गुमाएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:०१
प्रतिक्रिया दिनुहोस्