
काठमाडौं । इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै प्रस्तावित ६० दिने युद्धविरामको अवधिमा सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्ने बताएका छन् । तर, उनले इजरायलले राखेका सर्तहरू केके छन् भन्ने प्रष्ट पारेका छैनन् ।
“कतारी र इजिप्टवासीहरू जसले शान्तिको लागि कडा मिहिनेत गरेका छन्, उनले यो अन्तिम प्रस्ताव पेस गर्नेछन् । मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ,” ट्रम्पले लेखेका छन्, “योभन्दा राम्रो अवसर आउने छैन । स्थिति झन् खराब मात्र हुनेछ ।”
इजरायलले गाजामा सैन्य अभियान सुरु गरेयता कम्तीमा ५६ हजार ६४७ मानिस मारिएको गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ट्रम्पको यो घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटअघि आएको हो । बीबीसी