site stats
बाह्रखरी :: Baahrakhari
देश
लकडाउनले पृथ्वी घुम्ने तरिकामा फरक पर्‍यो  !

बोस्टन (अमेरिका) । कोरोनाभाइरस महाव्याधीले संसारभर जीवन र अर्थतन्त्रमा आतंक फैलाएको छ । तर भाइरस फैलिनबाट नियन्त्रण गर्न चालिएका प्रयासले पृथ्वी ग्रह आफैँ केही कम घुम्न थालेको बेलायतबाट प्रकाशित हुने विश्वप्रसिद्ध साइन्टिफिक जर्नल नेचरले जनाएको छ । 

पृथ्वीको चाललाई अध्ययन गरिरहेका शोधकर्ताहरुले सिस्मिक न्वाइज अर्थात पृथ्वीको बाहिरी सतहमा कम्पन घटेको जानकारी दिएका छन् ।

जुन यातायातको सञ्जाल र अरु मानवीय गतिविधि बन्द हुँदाको परिणाम हो । नेचरले अगाडि लेखेको छ, “उनीहरुका अनुसार यसले डिटेक्टरहरुलाई पृथ्वीका सानासाना भूकम्पलाई हेर्न सहयोग गर्छन् तथा ज्वालामुखीय गतिविधि र अरु सिस्मिक घटनाहरु अवलोकन गर्ने प्रयासलाई बढाउँछन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो परिमाणको आवाजमा कमी सामान्यतया क्रिसमसको समयताका अनुभव गरिन्छ,” ब्रसेल्सस्थित रोयल अब्जरभेटरी अफ बेल्जियमका सिस्मोलोजिस्ट थोमस लिककलाई उद्धृत गर्दै नेचरले लेखेको छ ।

भूकम्पजस्ता घटनाहरुले पृथ्वीको बाहिरी सतहलाई हल्लाएजस्तै चलिरहेका गाडीहरु र औद्योगिक मेसिनरीहरुले कम्पन पैदा गर्छन् । यद्यपी एकल स्रोतको प्रभाव सानो हुन सक्ला, सँगगँगै तिनीहरुले पृष्ठभूमिमा ‘न्वाइज’ पैदा गर्छन् जसले सिस्मोलोजिस्टहरुको त्यही फ्रिक्वेन्सीमा चल्ने सिग्नलहरु पत्ता लगाउने क्षमता घटाउँछ । 
लिकका अनुसार कोभिड १९लाई फैलिनबाट रोक्न गरिएका उपायले कम्पनमापन गर्ने अब्जरभेटरीको तथ्यांकले ब्रसेल्समा सिस्मिक न्वाइज एक तिहाइले घटेको छ । 

ति उपायहरुमा विद्यालयहरु, रेस्टुरेन्ट र सार्वजनिकस्थलहरु बन्दका साथै सबै अनावश्यक यात्राहरु गत मार्च १८ देखि रोक लगाइएको छ । 

नेचरका अनुसार अब्जरभेटरीको इक्विपमेन्टको संवेदनशीलता बढेको छ जसले ‘न्वाइज’कै जस्तो उच्च फ्रिक्वेन्सीका तरंगहरुलाई पत्ता लगाउने क्षमता सुधार भएको छ । 

“उक्त ठाउँको भूसतहको सिस्मोमिटर सानो हल्लाइ र क्वेरी ब्लास्टका लागि त्यतिनै संवेदनशील भएको छ जति संवेदनशील १०० मिटर तल बोरहोलमा गाडिएको डिटेक्टर हुन्छ,” उनी थप्छन्, “बेल्जियममा यो एकदमै शान्त छ ।”

यदि आगामी महिनाहरुमा लकडाउन चलिरहने हो भने संसारका विभिन्न सहरमा रहेका डिटेक्टरहरु पहिलेभन्दा राम्रा हुनेछन् जसले ति क्षेत्रका भूकम्पका पराकम्पहरु पत्ता लगाउने वासिङ्गटन डीसीस्थित इन्कर्पोरेटेड रिसर्च इन्स्टिच्यूसन्सका सिस्मोलोजिष्ट एण्डी फ्रासेटोले बताएका छन् । नेचरबाट
 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०६:२०
प्रतिक्रिया दिनुहोस्