site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बैंकमा पैसा छ भने औषधि र खाद्यान्न नै किन्न नपाउने अवस्था आउँदैन’
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को कारण वित्तीय क्षेत्र सँगै समग्र अर्थतन्त्र पनि प्रभावित बनेको छ । तर यसलाइ वित्तीय क्षेत्रले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने अवसरको रुपमा लिनुपर्छ । यो सबैको लागि डिजिडल बैंकिङ विस्तार गर्ने अवसरको रुपमा लिनुपर्छ । 

डिजिटलाइजेसनमा दक्षिण एशियामा पाकिस्तान अगाडि हो ।  भारत धेरै नै पछाडि हो । तर भारतमा नोटबन्दीको बेलामा डिजिटलाइजेसनमा धेरै नै पिकअप भयो । अहिलको अवस्थामा हाम्रो लागि ठुलो मौका हो । हामीसँग टक्नोलोजी छ, हामीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधि दिइरहेकै छौं । 

लकडाउनको बेलामा घरबाट बाहिर निस्कनै नपाउने, बैंकमा जानै नपाउने,  बैंकमा गए पनि पैसा कोरोनाभाइरसको सोर्स हो भन्ने कुरा आएको छ । बैंकहरुले त त्यसलाई निर्मलीकरण गरौँला तर बैंकले कसैलाई दिने र उसले अर्कालाई दिनेबित्तिकै भाइसर सर्ने जोखिम त भयो नि । त्यसले गर्दा डिजिटल बैंकिङ प्रयोग गर्ने यो राम्रो अवसर हो । त्यहि कारण बैंकहरुले डिजिटल बैंकिङ निःशुल्क गरेको हो । 

लकडाउन हुन्छ भनेर हामीले पहिले नै विचार गरेर, लकडाउन भएपछि मान्छेहरु बैंकमा आउन नसक्लान यस्तो अवस्थामा ग्राहकले बैंकिङ सेवा लिन सकुन् भनेर सबै डिजिटल कारोबारको चार्जहरु निःशुल्क गरेका छौं । त्यसैले यो वित्तीय क्षेत्रमा डिजिटलाइजेसनले पिकअप लिने अवसर पनि हो । यसमा सञ्चारमाध्यमले पनि ग्राहक र सर्वसाधारण नागरिकलाई बैंकमा गएर क्यास ल्याएर त्यसबाट कसैलाई भुुक्तानी गर्नुभन्दा मोबाइलबाट भुक्तानी गर्नुस् भनेर जागरुक बनाउन लाग्नुपर्छ । 

सुरक्षा निकायका साथीहरु र स्वास्थ्य क्षेत्रका साथीहरुको जति जोखिम त हामी बैंकिङ क्षेत्रमा काम गर्नेलाई छैन । उहाँहरुले धेरै जोखिम लिएर काम गर्नुभएको छ । 

हामीले कर्मचारीहरुलाई सकेसम्म घरमा बस्नुस् र घरमा बसेर काम गर्नुस् भनिरहेका छौं । यो बिदा होइन, घरमा बसेर काम गर्ने भनेको हो । त्यसैले घरमा बसेर ग्राहकलाई फोन गर्ने, उनीहरुलाई मोबाइल बैंकिङ प्रयोग गर्नुहोस् भन्ने हो । किनभने कतिपय शाखा हाम्रो खुलेको छैन । स्थानीय निकायले नै नखोल्न भनेका छन् । 

ग्राहकहरु बैंकमा गएका छन् भने उनीहरुसँग हाम्रो शाखाका कर्मचारीले फोनबाट कुरा गरिरहेका छन् । तपाईँ किन बैंकमा आउनुभएको तपाईँ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चलाउनुस् भन्दै । हैन मलाई जसरी पनि क्यास चाहिन्छ भन्नुभयो भने हामी कुन दिन शाखा खोल्छौँ तपाइहरुलाई खबर गरौँला अथवा नजिकका शाखा कुन खुलेको छ त्यहाँ जानुस् भन्ने गरेका छौँ । 

तर अहिलेको परिस्थितिमा वित्तीय सेवा दिने सजिलो काम भने छैन ।

बैंकको कर्मचारीको हिसाबले दुईवटा जिम्मेवारी छ । एउटा कोरोनाबाट आफ्नो सुरक्षा र आफ्नो ग्राहकको सुरक्षा हो भने अर्को सर्वसाधारण जनतालाई बैंकमा पैसा छ तर पैसा झिक्न नसकेको कारणले औषधि, खाद्यान्न किन्न नपाउने पनि हुन भएन । त्यो पनि हाम्रो जिम्मेवारी हो । 

हामी हाम्रो कर्मचारीलाई बैंकबाट पैसा निकाल्न नपाएर औषधि र खाद्यान्न पनि किन्न नसक्ने अवस्था आउन दिन भएन भनिरहेका छौँ । 

ग्राहकहरुलाई पनि तपाईँहरु सकेसम्म विद्युतीय माध्यमबाट नै कारोबार गर्नुस्, पहिले माबाइल र इन्टरनेट बैंकिङको माध्यमबाट नै भुक्तानी गर्नुस् केही लागेन भने मात्रै एटीएममा जानुस् र एटीएमको पनि सुविधा लिनुभएको छैन भने बल्ल मात्रै बैंकमा आउने हो भनिरहेका छौँ । 

हामी ग्राहकहरुलाई बैंकबाट पैसा निकाल्न नसकेको कारणले औषधि नै किन्न नपाउने र खाद्यान्न नै किन्न नपाउने स्थिति आउन दिँदैनौ भनेर आश्वस्त पार्न चाहन्छौँ । 

(ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीसँग विजय पराजुलीले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro