site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
दाङको कुइरेपानीमा क्‍वारेन्टाइन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । कोरोनो भाइरसको सम्भावित खतरालाई मध्यनजर गरी घोराही उपमहानगरपालिकाले वडा ३ स्थित कुइरेपानीमा क्‍वारेन्टाइन स्थापना गरेको छ । प्रेरणाका लागि अभियानको मानव सेवा आश्रम भवनमा क्‍वारेन्टाइन स्थापना गरिएको हो । केन्द्रमा चिकित्सक र सात  स्वास्थ्यकर्मी रहनेछन् । त्यस्तै सुरक्षाकर्मी पनि रहनेछन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि १४ दिनसम्म क्‍वारेन्टाइनमै रहने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । शंकास्पद व्यक्ति भेटिए उनीहरुलाई ल्याएर राखिने, सामान्य ल्याब जाँच गोग्ली स्वास्थ्य चौकीमा गर्ने, सम्भव हुने जति उपचार गर्ने र जटिल अवस्थाका लाई बेलझुन्डीको कोरोना विशेष अस्पतालमा लगिने गरी व्यवस्था मिलाइएको उनले  बाह्रखरीलाई जानकारी दिए । यसमा १५ देखि २० जनासम्म राख्‍नसक्ने बेड व्यवस्थापन गरिएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाले परिवार नियोजन संघसँग पनि क्‍वारेन्टाइनका लागि छलफल भइरहेको नगर प्रमुख चौधरीले बताए। नेपाल परिवार नियोजन संघ दाङका कार्यालय प्रमुख वसन्त खनालले १० देखि १५ जनासम्म राख्‍ने गरी क्‍वारेन्टाइन र जनशक्ति तयारीमा अवस्थामा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १३:५१
प्रतिक्रिया दिनुहोस्