site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 दक्षिण कोरियाकी ९६ वर्षीयालाई कोरोनाको सफल उपचार

सिओल । दक्षिण कोरियामा नोभेल कोरोना संक्रमण लागेकी ९६ वर्षीय वृद्धालाई उपचारपछि पूर्ण सञ्‍चो भएको छ । 

दक्षिण कोरियाकी सबभन्दा बढी उमेरकी चेङ्दो काउन्टी भनिने मिस ह्वाङलाई बुधबार कोरोना पूर्णरुपमा निको भएको घोषणा गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिण कोरियाको दक्षिणी सहर देगुमा बस्‍ने ती महिलालाई मार्च १३ मा कोरोना लागेको पुष्टि गरिएको थियो । देगु दक्षिण कोरियाको सबभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । उनको पोहाङ पब्लिक क्लिनिकमा आईसीयूमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई उनकै घरमा सेल्फ-क्‍वारेन्टाइमा राखिएको छ । 

७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई बढी जोखिम हुने नोभेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश बढी उमेरका मानिसहरु रहेका छन् । तर, दक्षिण कोरियामा भने कोरोना सफल उपचार गरिएको र कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेको छ । - सीएनएन

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:५४
प्रतिक्रिया दिनुहोस्