site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सोल्सायरको चाहना हालान्ड

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड स्टार खेलाडीको खोजीमा छ । सामान्य अर्थमा भन्नु पर्दा युनाइटेडलाई स्कोररको खाँचो छ । त्यसो त युनाइटेडले उत्कृष्ट फिनिसरको खोजी पनि गरिरहेको छ ।

प्रिमियर लिगको धनी क्लबका रूपमा रहेको युनाइटेडले पछिल्लो सयम क्लबमा राम्रो खेलाडी अनुबन्ध गर्न आनाकानी गरेको पनि देखिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, क्लबका मुख्य प्रशिक्षक गुनर सोल्सायर भने यो सिजन नर्वेका स्टार खेलाडी हालान्डको प्रतीक्षामा थिए । उनले हालान्डलाई अनुबन्ध गर्न खोजे पनि क्लबका अन्य सदस्यले भने उनको समर्थन गरेनन् ।

पछिल्लो समय खेलाडी अनुबन्ध गर्ने सोल्सायरको कुरामा क्लबका सबै सदस्यले सहमति जनाए पनि हालान्ड जर्मन क्लब बोरुसिया डर्टमन्डमा छन् । 

हालान्डका बुबाले उनी जुन क्लबमा छन् त्यसैमा राम्रो रहेको प्रतिक्रिया जनाएका छन् । साथै क्लबका प्रशिक्षकले चाहने र अरूले नचाहने क्लबमा आफूले छोरालाई पठाउन नसक्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १३:३२
प्रतिक्रिया दिनुहोस्