site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्यपहाडी राजमार्गको विषय संसदीय समितिको कार्यसूचीमा
मध्यपहाडी राजमार्गको फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा  नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ । 
 
बैठकमा समितिको कामकारबाहीबारे छलफल हुनेछ । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०५:५८
प्रतिक्रिया दिनुहोस्