अर्थ व्यवसाय

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाबाट लिइने नोट डिसइन्फेक्सन भएका मात्र हुने भएका छन् । बैंक, वित्तीय संस्था तथा नेपाल राष्ट्र बैंकले नोटलाई संक्रमणरहित बनाएर मात्र उपलब्ध गराउनुपर्ने भएको हो ।
बुधबार बसेको वित्तीय क्षेत्र व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले बजारमा उपलब्ध गराइने नोट संक्रमणरहित बनाएर मात्र प्रयोगमा ल्याउन निर्देशन दिएको हो ।
अब, बैंक तथा वित्तीय संस्थाको काउन्टरमा जम्मा हुन आउने नोट संञmमणरहित भएर मात्र ग्राहकलाई पठाइनेछ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ २१:२४
प्रतिक्रिया दिनुहोस्