site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको राशिफल : कर्कट उत्तम, तुला अत्युत्तम 

२०७६, चैत्र १३ गते बिहीबार 
 
मेष : दिन भाग्योदयकारक रहनेछ । बौद्धिक र चिन्तनमूलक काम हुनेछ । पढाइ लेखाइमा थप गति थपिनेछ । अरूबाट सहयोग मिल्नेछ । 

वृष : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ । 

मिथुन : दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्कट : दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

सिंह : दिन उचित खालको रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । धर्मकर्मले मनमा शान्ति प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ । 

कन्या :  दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ । प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ । 

तुला : दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । निर्णय क्षमताको विकास हुनेछ । मावलीबाट आवश्यक सहयोग मिल्नेछ । 

धनु : दिन सार्थक रहनेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । मनोबल बढ्नेछ । शरीर स्वस्थ हुनेछ । 

मकर : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

कुम्भ : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।

मीन : दिन अनुकूल खालको रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । आर्थिक कारोबार हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०५:१५
प्रतिक्रिया दिनुहोस्