site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ठप्प ठमेल !

दैवी विपत्ति थाहा दिएर आउँदैन । यस्ता विपत्तिका रूप अनेक हुन्छन्, कुन रूपमा कति बेला कस्तो विपत्ति आउँछ, थाहै हुँदैन ! मान्छेले आफ्ना लागि धेरै वस्तुको आविष्कार गरेको छ । तर, ती आविष्कारसँगै प्रकृतिको विनाश पनि गर्दै गरेको छ । मान्छेले अरू जे जेलाई जिते पनि प्रकृतिसँग भने सधैं हारेको छ । मान्छेले जतिनै अहमताको चुलीमा टेकेर प्रदर्शन गरे पनि प्रकृतिसँग त हारेकै हुन्छ । प्रकृतिको अगाडि निरीह बन्छ मान्छे । यस्तै निरीहताका उदाहरण  हामीले धेरै देखेका छौँ, भोगेका छौँ र अहिले ‘कोरोना भाइरस’को त्रासले संसार हल्लाउँदा पनि निरीह हुनुबाहेक हामीले अरू उपाय देखिरहेका छैनौ । 

राजनीतिक अस्थिरता, बाढीपहिरो र भूकम्पलगायत विविध प्रकोपहरूसँग पांैठेजोरी खेलिसकेका हामी अहिले विश्वव्यापी संकट बन्न पुगेको कोरोना भाइरसको सामना गरिरहेका छौँ । अति विकसित मुलुकहरूले त कोरोनासँग लड्न नसकेको अवस्थामा हाम्रोजस्तो मुलुकले कसरी थाम्ला कोरोनाको त्रास ! 

यो प्रतिकूल परिस्थितिका कारण सबै भयभीत छन् भने व्यवसाय पनि धराशायी हुनु कुन् नौलो कुरा भयो र ! अहिलेसम्म नेपालमा एक दुई जनामा कोरोनाको संक्रमण देखिए पनि हामी असुरक्षित बस्ने अवस्था छैन । यसको असरबाट भने हामी प्रभावित बनिसकेका छौँ । यतिबेला यसको मुख्य प्रभाव परेको भने पर्यटन क्षेत्रमै हो ।    

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको पर्यटन व्यवसायको एउटा मुख्य थलो ठमेल कोरोनाको प्रभावले थला नै परेको छ । प्रायः नेपाल बन्द र सार्र्वजनिक बिदामासमेत बन्द नहुने ठमेलको व्यवसाय यति बेला कोरोना भाइरसको प्रभावका कारण ठप्प भएको छ । यहाँका चर्चित डिस्को, डान्स र रेस्टुराँहरूमा ताल्चा मारिएको छ । टुर्स र ट्राभल्सहरू पनि फर्सदिला बनेका छन् । क्युरियो, गिफ्ट पसलहरू खोल्ने कि नखोल्ने दोधारमा छन् व्यवसायी । हस्तकला र पस्मिनालगायत ट्रेकिङ सामग्रीका पसलहरू केही खुले पनि ग्राहक पाउन सकेका छैनन् ! गेस्ट हाउसहरूले पाहुना पाउने अवस्था नै छैन । 

यस क्षेत्रको चर्को घर भाडा र बैंकको ऋण कसरी तिर्ने भनेर व्यवसायी चिन्तित बनेका छन् । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष, २०२०’मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य बोकेको थियो । सरकारको उक्त अभियानबाट व्यवसायीहरू उत्साहित देखिएका थिए । तर, चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरस (कोभिड –१९)को संक्रमणले नेपाली पर्यटन व्यवसायलाई नराम्ररी थला पारेको छ । 

Global Ime bank

भाइरसको अनियन्त्रित विस्तारका कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । वास्तवमा, नेपाल पर्यटकहरूको रोजाइमा पर्ने देश हो । सोझा, सिधा र इमानदार नेपालीको पहिचान नै बनिसकेको छ । यही पहिचानसँग झुम्मिएका पर्यटकले नेपालमा आफूलाई पूर्णतया सुरक्षित ठान्ने गरेका छन् । त्यसकारण पनि उनीहरूको रोजाइसँगै नेपालको पर्यटन व्यवसायले गति समातेको थियो । पर्यटन व्यवसाय नेपालभरका लागि राम्रो भएको ठानिन्थ्यो । 

पछिल्लो समयमा धराशायी हुँदैगएको यस व्यवसायमा, व्यवसायी त्यति आकर्षित देखिएका पनि छैनन् ! त्यसको मुख्य कारण नै प्राकृतिक प्रकोप तथा विभिन्न किसिमका विपत्ति हुन् । नेपालमा मात्र नभएर विश्वमै देखिएको यस्तो प्रभावले धेरैलाई निराश बनाएको छ । त्यही निराशाको फिलिङ्गोले हामी सबैलाई जलाइरहेको छ । 

विश्वभरका मानिसले धेरै प्रकारका विपद्को सामना गरिरहेका दृश्य हामीबाट छिपेको छैन । कति विपद हामी आफँैले पनि भोगेका छाँैं । तर, यस्ता विपत्ति धेरै समय टिकाउ हुँदैनन् । केही समयपछि साम्य हुनैपर्छ र हुन्छ पनि ।  तथापि, यस्ता विपद् र प्रकोपले छोडेर गएको छापले हामीलाई लामो समयसम्म सताइरहेको हुन्छ । विपदा र प्रकोपले हाम्रो जीवन–गतिलाई सुस्त र शिथिल बनाई दिन्छ । 

त्यही शिथिलता अहिले पर्यटन व्यवसायमा देखिएको छ । भूकम्पको पीडा भुल्नभुल्न थालेका व्यवसायीमाथि पुनः कोरोनाको अम्ल (एसिड) बर्सिएको छ । यसपटकको कोरोनाभाइरसको संत्रासले तङग्रिन कठिन हुने ठमेलका व्यवसायीबीच भेटका बेला चर्चा हुँदैआएको छ । आफ्नै बलबुताले सिर्जना गरेका यस्ता व्यवसायमा सधैंँ एकपछि अर्को संकटको वाण लाग्नुले व्यवसायीलाई घायल बनाएको छ । यस प्रतिकूल परिस्थितिको सामना गर्नु व्यवसायीहरूको नियति भएको छ । यद्यपि, व्यवसायीहरूले सरकारी सहयोगको अपेक्षा पनि गरिरहेका छन् । उनीहरू सरकारको सहयोग पर्खिरहेका छन् । 

बुढापाकाको भनाइ छ – ‘एउटा बाटो बन्द भयो भनेर आत्तिनु हुँदैन, किनभने त्यहाँ हजारांै बाटा स्वागतमा पर्खिरहेका हुनेछन्’ । झट्ट हेर्दा हो जस्तो लाग्छ । तर, वर्तमान पीडाले हजारौं बाटाहरूसम्म पुग्ने साहस नै जुट्दैन ! कोरोना भाइरस हाम्रोमात्रै समस्या होइन । यो विश्वव्यापीरूपमा फैलिरहेको सन्त्रास हो । मर्नेहरू यस्ता सन्त्रासको घट्टमा पिसिए पनि बाँच्नेहरूलाई त्यसले मानवीय भएर बाँच्न सिकाउँछ नै । सबैले बुझ्नुपर्ने यही हो । अपितु, स्वार्र्थी संसारमा यसप्रतिको बुझाइ शून्यनै हुने देखिन्छ । अझै, हाम्रोजस्तो विकासोन्मुख देशमा केही होला र ? के त्यो मानवीयता हामीमा जागृत नहोला र ?

जे जताका कुरा गरे पनि अहिलेको यस विपत्तिले पर्यटन व्यवसायलाई मात्रै मारमा पारेको छैन हरेक क्षेत्र मारमा परिरहेको छ । सरकारले कोरोनाभाइरस रोकथामको बारेमा चालेका कदमहरू सकारात्मक नै देखिएको भए पनि धेरै फैलियो भने के गर्ने भन्ने संत्रासले सबैलाई त्रसित बनाएको छ । अहिलेसम्म विश्वका १ सय ८० राष्ट्रहरूमा फैलिसकेको यस महामारीलाई शक्तिशाली राष्ट्रहरूले समेत परास्त गर्न नसकेको अवस्थामा नेपाल निरीह बन्नुको के विकल्प होला र ? 

यतिबेला सरकारको कमजोरी देख्ने हामी नेपालीले कहिल्यै पनि आफ्नो कर्तव्य पालन ग¥यौँ कि गरेनाँै भनेर सोच्ने गरेका नै छैनौ । त्यसैले पनि ठमेलका व्यवसायीहरू यस मामिलामा उदार नै देखिएका छन् । होटल, रेस्टुराँहरूले कामदारहरूलाई बिदा दिइसकेका छन् । अरू व्यवसायीले पनि व्यवसाय बन्द गरेर सेल्फ क्वारेन्टाइनको बाटो समाएका छन् । 

कतिपय व्यवसायी ज्यान रहे फेरि व्यवसाय गरिन्छ, भनिरहेका छन् । वास्तवमा, यो कटु सत्य हो । कोरोनाबाट बाँच्नको लागि पहिले आफू सुरक्षित हौंँ र सरकार र स्वास्थ्यकर्मीहरूले दिएका सुझाव र निर्देशनहरूमा ध्यान दिउँ । अनि त्यसैअनुरूप अगाडि बढौँ । 
ठमेल ठप्प छ । ठमेलको सबै व्यवसाय ठप्प भए पनि अहिलेलाई आफ्नो ज्यान बचाएर फर्कौँ । ठप्प ठमेल, भोलि फेरि बौरिने नै छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC