site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ला लिगामा यो सिजनका सर्वाधिक गोलकर्ता !
Ghorahi CementGhorahi Cement

एजेन्सी । प्रतिष्ठत फुटबल कप । करिब ९० वर्ष पहिले आरम्भ भएको लिग अहिले विश्व फुटबल इतिहासमा उदाहरणीय बन्न सफल छ । 

ला लिगा विश्व फुटबलजगतका उत्कृष्ट खेलाडीलाई समेट्न पनि सफल छ । ला लिगामा हालसम्म सफल टोलीका रूपमा रियल मड्रिड छ । रियलले ला लिगामा ३३ उपाधि जितिसकेको छ । ला लिगाको दोस्रो सफल टोली हो बार्सिलोना । बार्सिलोनाले २६ उपाधि जितिसकेको छ । बार्सिलोना लिगको साबिक विजेता पनि हो । 

Agni Group

ला लिगामा यस सिजन २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ । रियल मड्रिड ५६ अंकसहित लिगको दोस्रो स्थानमा छ । ४७ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ । लिगमा हाल मात्र २७औँ साताका खेल सकिँदा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गर्दा खेलहरू स्थगित हुन पुगेका छन् । 

ला लिगाको खेलहरू अनिश्चित कालका लागि स्थगित भएका छन् । खेल स्थगित हुनुअघि ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ताको चर्चा चल्दै आएको छ । 

Global Ime bank

यस सिजनको अहिलेसम्म सर्वाधिक गोल गर्ने चार खेलाडी यस प्रकार छन् ।
लियोनल मेसी 

बार्सिलोनाका कप्तान लियोनल मेसी यो सिजन पनि ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छन् । लिगमा २७औं साताको खेलहरू सकिँदा मेसीले १९ गोल गरिसकेका छन् । 

मेसी सर्वाधिक गोलकर्ता मात्र होइन सर्वाधिक असिस्ट गर्ने खेलाडीको पनि शीर्ष स्थानमा छन् । मेसीले १२ गोलका लागि सहयोग गरेका छन् । मेसी गत सिजन पनि ला लिगाका सर्वाधिक गोल कर्ता हुन् । यो सिजन पनि मेसी सर्वाधिक गोल गर्न सफल भए लगातार सर्वाधिक गोलकर्ताको सूचीमा हुनेछन् । 

करिम बेन्जिमा 
रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमा यो सिजन ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा छन् । यो सिजन बेन्जिमाले रियलका लागि १४ गोल गरिसकेका छन् । रियल असहज स्थितिमा रहेको अवस्थामा बेन्जिमाले गोल गर्दै क्लबको जितका लागि सहयोग पनि गरेका थिए । असिस्टमा भने बेन्जिमा निकै पछि छन् । बेन्जिमाले रियललाई यो सिजन उपाधि होडमा बलियो बनाउने योजना गरेका छन् । रियलको सफलतामा यो सिजन बेन्जिमाको निकै ठूलो हात छ ।
 
गेराड मोरेनो 
भिल्लारियलका स्टार मोरेनो हाल ला लिगा फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । ला लिगामा २७ साताको खेल सकिँदा उनले ११ गोल गरिसकेका छन् । भिल्लारियल यो सिजन लिगको आठौं स्थानमा छ । भिल्लारियललाई यो स्थानमा पुर्याउन मोरेनोको निकै ठूलो भूमिका छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC