site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
दशगजामा अलपत्र नेपालीलाई प्रवेश अनुमति

काठमाडौं । दशगजामै अलपत्र परेका भारतबाट फर्किएका सबै नेपालीलाई प्रवेश अनुमति दिइएको छ । कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिले दशगजामै अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन जारी गरेको थियो । 

उक्त निर्देशन अनुरुप गड्डाचौकी नाकाबाट सोमबार बेलुका एकैटक ४०८ नेपाली महेन्द्रनगर प्रवेश गरे । नेपाल पत्रकार महासंघ कञ्‍चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारीका अनुसार साँझ ६ बजेसम्म ८९३ नेपाली नाकाबाट भित्रिएका हुन् । 

यसअघि नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने विषयमा गृह मन्त्रालयले कुनै प्रबन्ध नभएको जनाए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले भने य  उनीहरुलाई अलपत्र पार्न नहुने भन्दै उचित व्यवस्था मिलाएर प्रवेश गर्न दिइने निर्देशन जारी गरेको स्रोतले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बाह्रखरीसँग कुरा गर्दै सीमा नाका बन्द हुँदाहुँदै आएकाहरुलाई नेपाल ल्याउने कुनै प्रबन्ध नभएको गैरजिम्मेवारपूर्ण जवाफ दिएका थिए । उनले बाह्रखरीसँग भनेका थिए, "सीमा नाका बन्द हुँदाहुँदै आएकाहरुलाई अलपत्र परेको भन्‍न मिल्दैन । सीमा नाका बन्द भइसकेको छ । उनीहरुलाई नेपाल ल्याउने विषयमा कुनै प्रबन्ध मिलाइएको छैन ।" 

तर, सोमबारै बसेको समिति बैठकको यस्तो निर्णयबाट दशगजामा अलपत्र परेका नेपाली घर फर्किएका छन् । 

भारतका विभिन्‍न ठाउँबाट नोभेल कोरोना भाइरसको त्रास र नेपालीहरुको नयाँ वर्ष मनाउन स्वदेश फर्किएका ३०१ नेपाली कञ्‍चनपुरको गड्डाचौकीभन्दा पारिको १० गजा क्षेत्रमा अलपत्र परेका थिए । जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका थिए ।

भारतको उत्तराखण्ड राज्यमा जनता कर्फ्यु मार्च ३१ सम्म जारी भए पनि बाटोमा उनीहरु अलपत्र पर्नसक्ने भन्दै वनबासाबाट नेपालतर्फ पठाइए पनि नेपालमा भने आफ्नै जनतलाई आउन रोक लगाइएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भारत-चीनसँगका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आजैदेखि सीमा नाकाहरु सिल गरिएका छन् भने कञ्‍चनपुर 'लकडाउन'को स्थितिमा छ ।  

तर समितिको यस्तो निर्णयपछि दशगजा क्षेत्रमा अलपत्र नेपाली खुसी भएका छन् ।

सीमानाका बन्द हुँदाहुँदै आएकालाई नेपाल ल्याउने प्रबन्ध केही छैन : गृह मन्त्रालय

सीमा नाका बन्द हुँदा दशगजामा अलपत्र नेपाली

तस्बिर सौजन्य : लक्ष्मण तिवारी

Image may contain: one or more people, people standing and outdoor

Image may contain: 1 person, walking, standing, hat and outdoor

Image may contain: one or more people, people standing, tree, outdoor and nature

Image may contain: one or more people, people walking and outdoor

Image may contain: 1 person, standing, walking and outdoor

Image may contain: one or more people, people walking, people standing and outdoor

Image may contain: one or more people, people walking, shoes, child, sky, tree and outdoor

Image may contain: one or more people, people standing, people walking, shoes, outdoor and nature

Image may contain: 1 person, standing and outdoor

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:११
प्रतिक्रिया दिनुहोस्