site stats
बाह्रखरी :: Baahrakhari
देश
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्न नगरनगरपालिका ७,  बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको हो ।

आज अपराह्न १ बजे सोही वडाको खोरसोर सामुदायिक वनमा भैंसी चराउने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:३९
प्रतिक्रिया दिनुहोस्