site stats
बाह्रखरी :: Baahrakhari
देश
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापा । जिल्ला अदालत झापाबाट ०७३ चैत २९ गते ठगी मुद्दामा सजाय सुनाएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका ४ का ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टीका काम्बाङ लिम्बू छन् । उनीहरूविरुद्ध १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ जरिवाना तोकिएको थियो ।

इलामबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ दुवैलाई जिल्ला अदालत झापामा पेस गरेको र अदालतकै आदेशअनुसार जिल्ला कारागार चन्द्रगढी झापा पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १२:५९
प्रतिक्रिया दिनुहोस्