site stats
बाह्रखरी :: Baahrakhari
देश
ह्याप्पी भ्यालेन्टाइन डे ! (तस्बिरमा)

काठमाडौं । आज फेब्रअरी १४ अर्थात् भ्यानेन्टाइन डे । प्रणय दिवसका रुपमा यसलाई मनाउने चलन विस्तार भएको छ । याे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजाको आदेशको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्दै युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे ।

निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

पाश्चात्य सभ्यताकाे भ्यालेन्टाइन डे नेपालमा ५० काे दशकमा युवायवतीले भित्र्याएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०७:००
प्रतिक्रिया दिनुहोस्