काठमाडौं । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो । सुरुआती दुई ओभरमा आफ्नो दुई विकेट गुमाएको नेपालका लागि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्का र दिपेन्द्र सिंह ऐरीले नेपालाई जित दिलाएका थिए ।
नेपालका लागि पारसले २० रन बनाउँदा दिपेन्द्रले १५ रन बनाए ।
बलिङतर्फ अमेरिकाका लागि नोथुस किनजिले दुई विकेट लिएका थिए । यसअघि अमेरिका ३५ रनमा नै अल आउट भएको थियो । एकदिवसीय क्रिकेटको सबै भन्दा कम रन बराबरी गर्नै क्रकमा अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनायो । यसअघि सन् २००४ मा जिम्बावेको श्रीलंकासँग १८ ओभरमा ३५ रन बनेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सुशन भारीले चार विकेट लिए ।
नेपालका लागि सुशन भारीले ११ औँ ओभरमा दुई विकेट लिए । सन्दीपले १२ औँ ओभरमा दुई विकेट लिए । सुशनले नेपालका लागि ११ औँ ओभर बलिङ गर्न आएका उनले ओभरको पहिलो सीएएस स्टिभिनलाई बोल्ड आउट गराए । त्यस्तै ओभरको अन्तिम बलमा उनले रुष्टि थेरोनलाई एलबीडब्लु आउट गराए ।
यसअघि सन्दीपले नेपालका लागि व्यक्तिगत चौथो विकेट तथा नेपालका लागि छैटौं विकेट लिए ।
सन्दीपले ११ ओभरको तेस्रो बलमा अक्ष होमराजलाई क्याच आउट गराए ।
नवौं ओभर बलिङ गर्न आएका उनले ओभरको दोस्रो बलमा अरोन जोनेसलाई बोल्ड आउट गराएका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले नेपालका लागि एकै ओभरमा दुई विकेट लिएका थिए ।
नेपालका लागि खेलको आठौं ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको दोस्रो र पाँचौ बलमा दुई विकेट लिएका हुन् । सन्दीपले ओभरको दोस्रो बलमा मोनाक पटेललाई आउट गराएका हुन । उनले मोनाकलाई ४ रनमा बोल्ड आउट गराएका हुन् ।
त्यस्तै सोही ओभरको पाँचौं बलमा पनि निसरक पटेललाई दुई रनमा बोल्ड आउट गराएका हुन् ।
नेपालका लागि सुशन भारीले दोस्रो विकेट लिएका थिए । नेपालका लागि सातौं ओभर बलिङ गरेका उनले ओभरको पहिलो बलमा नै विकेट लिएका थिए । सुशनले जेभिएर मार्सेललाई १६ रनमा क्याच आउट गराएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले पलिलो सफलता दिलाएका थिए ।
खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आयन होल्याण्डलाई आउट गराएका थिए ।
उनले होल्याण्डलाई क्याच आउट गराए । ९ ओभरको खेल सकिँदा अमेरिकाले पाँच विकेट गुमाएर ३० रन बनाएको छ ।