site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण, हताहतको विवरण आउन बाँकी
Sarbottam CementSarbottam Cement

बगदाद । अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ । 

अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन । 

इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको जनाइएको छ ।

इरानले सोलेमानीको मृत्युमा गम्भीर बदला लिने चेतावनी दिएको थियो । ह्वाइट हाउसले घटनाक्रमको बारेमा अनुगमन गरिरहेको जनाइएको छ । 

Global Ime bank

इराकमा भएको पछिल्लो घटनाक्रमलाई लिएर राष्ट्रपति ट्रम्पले सुरक्षा टोलीसँग परामर्श गरिरहेको बताइएको छ । सो आक्रमण इरान समर्थित विद्रोही समूहले गरेको अनुमान गरिएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानी कमान्डर कासिमलाई राक्षसको संज्ञा दिँदै ऊ मारिएपछि थुप्रैको ज्यान जोगिएको बताएका छन् । 

उनले सोलेमानीले ठूलो आक्रमणको प्रयास गरिरहेको बेलामा ऊ मारिएको जनाएका छन् ।

ट्रम्पले यसअघि इरानका ५२ वटा सांस्कृतिक केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यसको कडा आलोचना भएको थियो । 

ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिका इराकबाट बाहिरिनु भनेको देशको लागि सबैभन्दा खराब अवस्था हुने जनाएका छन् । सोलेमानीको मृत्युपछि अमेरिका र इरानको सम्बन्ध अझै बिग्रदै गएको छ । (बीबीसी र एजेन्सी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !