site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतको चुनावमा मोदीको चर्चा !
Ghorahi CementGhorahi Cement

लण्डन । बेलायतमा बिहीबार अर्थात् डिसेम्बर १२ का दिन  संसदीय निर्वाचन हुँदैछ । त्यसको नतिजा भोलिपल्ट १३ तारेखमा आउँदैछ ।  पाँचवर्ष यता बेलायतमा यसपटक तेस्रो आम चुनाव हुन लागेको हो । चुनावको तिथी जति नजिक हुँदैछ त्यति नै प्रचार तीव्ररुपमा अघि बढेको छ ।

सन् २०११ को जनगणनाअनुसार बेलायतको कूल जनसंख्या करिब ६ करोड छ । यो जनसंख्यामा करिब २ दशमलब ५ प्रतिशत भारतीय रहेका छन् । त्यसैले त्यहाँ रहेका भारतीयलाई लोभ्याउनका लागि बेलायतका राजनीतिक पार्टीले अहिले प्रयास गरिरहेका छन् । 

यसको ताजा उदाहरण हो कन्जरभेटिभ पार्टीका भारतीय उमेदवार तथा पूर्वसांसद शैलेस वाराले ट्विट गरेको भिडियो । सो भिडियोमा हिन्दी गीत राखिएको छ । जसमा बेलायतका अहिलेका प्रधानमन्त्री बोरिस जोन्सनलाई जिताउन आग्रह गर्नुका साथै लेबर पार्टीका नेता जेरेमी कोर्बिनको विरोध गरिएको सुन्न सकिन्छ । भिडियोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको साथ बोरिस जोहन्सनको तस्बिर पनि देखाइएको छ । 

Agni Group

प्रचारको यो भिडियो सोसल मिडियामा भाइरल भएको छ । यो भिडियोको बारेमा थुप्रै भारतीयले प्रतिक्रिया जनाएका छन् । यद्यपि यो भिडियोलाई बोरिस जोहन्सनको आधिकारिक हयान्डलबाट भने प्रचार गरिएको छैन । भिडियो कसले बनाएको हो भन्ने पनि खुलाइएको छैन । 

शम्भु घटकले लेखेका छन्,“बोरिस जोहन्सनको प्रचार गीत कुनै लोकल स्टुडियोमा बनाएको जस्तो छ ।” 

Global Ime bank

सिद्याक आहूजाले लेखेका छन्,“कन्जरवेटिभ पार्टीले बलिउडको जस्तो गीत बनाएको छ । यो भिडियो यति खराब छ कि यसलाई देखेर तपाईँले बोरिस जोहन्सनलाई मत दिनुहुन्न ।”

प्रफुलल केतकतले ट्विट गर्दै भनेका छन्,“बोरिस जोहन्सनको यो हिन्दी भिडियो गजबको क्रिएटिभ छ । यसले यो बताएको छ कि भारतीय जहाँ गए पनि उनीहरु चुनावलाई निकै मन पराउँछन् ।”

फारुक युसुफले लेखेका छन्,“बोरिस जोहन्सनको हिन्दी अभियान निकै मजाक खालको छ । खासमा बोरिसको हिन्दी उच्चारण ।”

बोरिस जोहन्सन कतिपय समयमा मन्दिर र  गुरुद्धारामा पनि गएका छन् । सन् २०१७ मा जब उनी विदेशमन्त्री भएका थिए गुरुद्वारा जाँदा उनले सिखहरु बेखुसी भएको विषय पनि झेल्नुपरेको थियो । चुनावी प्रचारको क्रममा बोरिसले भनेका थिए,“जब बेलायतबाट भारतका मानिस फर्किन्छन्, आफ्नो साथमा ड्युटीको ह्विस्की बोतल पनि लिएर जान्छन् । किनकि भारतमा स्कच ह्विस्कीमाथि १५० प्रतिशत ड्युटी लगाइएको छ । कन्जरवेटिभ पार्टीको सरकार आएमा भारतका मानिसलाई सहयोग पुग्नेछ । किनकि मुक्त व्यापारको प्रावधान अन्तर्गत स्कचमा बेलायतले इम्पोर्ट ड्युटी लगाउने छैन ।”

त्यतिबेलै एक सिख महिलाले आपत्ति जनाएकी थिइन्,“यो ज्यादै खराब कुरा हो । बोरिस जोहन्सन गुरुद्वारामा आएर रक्सीलाई बढावा दिने कुरा गरिरहेका छन् ।”

बोरिस यो सुनेर चुप भएका थिए । बोरिस जोहन्सनकी पत्नी मरिनाका पिता अंग्रेज हुन् भने आमा दीप सिंह भारतीय मूलकी सिख महिला हुन् । 

बेलायतमा मात्रै होइन अन्य केही देशको चुनावमा पनि भारतको चर्चा हुने गरेको छ । 

यो भन्दा पहिला इजरायलको चुनावमा पनि बेन्जामिन न्यातनाहुले भारतका प्रधानमन्त्री मोदी र अन्य विभिन्न राष्ट्रका नेताहरुको तस्बिर पनि प्रयोग गरेका थिए ।

अमेरिकी चुनावको क्रममा एक भिडियो भाइरल भएको थियो जसमा डोनाल्ड ट्रम्पले ‘आइ लभ हिन्दु’ भन्दै गरेको देखिएको थियो । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ०२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC