site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाली भान्सामा ४ महिनामा ४ करोड किलो विदेशी प्याज !

काठमाडौं । प्याजको मूल्य आकासिए पनि भान्सामा यसको प्रयोगमा कमी आएको छैन । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार प्याजको माग धान्न नेपालले चार महिनामा ४ करोड किलोभन्दा बढी प्याज आयात गरेको छ । माग धान्न चीन, भारत र नामिबियाबाट ४ करोड १९ लाख किलो प्याज आयात भएको हाे । जसमध्ये सबैभन्दा बढी भारतबाट आयात भएको छ। त्यस्तै चीन र नामिबियाबाट पनि उत्तिकै मात्रामा प्याज नेपाल भित्रिएको देखिन्छ ।

प्याज गत वर्षसम्म भारतबाट मात्र आयात हुने गरेको थियो । भारतले निर्यातमा कडाइ गर्न थालेपछि तेस्रो मुलुकबाट आयात गर्नुपरेको हो । यस अवधिमा भारतबाट सबैभन्दा बढी ४ करोड ८ लाख किलो आयात भएको छ भने चीनबाट ३ लाख १३ हजार किलो नेपाल भित्रिएको छ । नामिबियाबाट १२ हजार किलो ल्याइएको छ । यस अवधिमा नेपाली बजारले ८ लाख ११ हजार किलो सुकेको प्याज पनि खपत गरेको छ ।

गत आवको पहिलो चार महिनामा ५ करोड ३१ लाख बराबरको प्याज खपत भएको थियो । जसमध्ये ३७ लाख ७१ हजार किलो सुकेको प्याज थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भन्सार विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म आयात भएको ४ करोड १९ लाख किलो प्याजमा १ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । विभागका अनुसार त्यसमध्ये १ अर्ब ५६ करोड रुपैयाँ भारत गएको छ । बाँकी चीन तथा नामिबिया गएको  छ । 

मूल्यवृद्धिसँगै कात्तिकमा भने प्याजको आयातमा कमी भएको छ । भारतले प्याज निर्यातमा गरेको कडाइका कारण पनि त्यहाँबाट हुने आयातमा कमी आएको हो । 

पहिलो महिनाः १ करोड ४९ लाख २ हजार किलो

दोस्रो महिनाः १ करोड ४९ लाख १६ हजार किलो

तेस्रो महिनाः ७३ लाख १४ हजार किलो

चौथो महिनाः ४८ लाख २२ हजार किलो

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १२:४६
प्रतिक्रिया दिनुहोस्