site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतले लिपुलेक जाने बाटो बनाउँदा ठाउँ ठाउँमा विस्फोट, महाकाली थुनिने खतरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक जाने सडकखण्ड निर्माण गर्दा गराइरहेको विस्फोटले नेपाली बस्ती जोखिममा परेको छ । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक जाने बाटो बनाउँदा ठाउँ–ठाउँमा भइरहेका विस्फोटले नेपाली बस्ती र भू–भाग जोखिममा परेको हो । 

व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव दिपक खातीका अनुसार भारतले गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरि दुई स्थानबाट बाटो निर्माण सुरु गरेको छ । भारतको धार्चुला हुँदै जाने बाटो बनिरहेको हो । 

जसका लागि भारतले हेलिकप्टरबाट निर्माण र विस्फोटक सामग्री ढुवानी गरिरहेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी, दार्चुला तिकंर सडकखण्ड आयोजनाका प्रमुख अच्युत पन्तलगायतको टोलीले भारतले बनाइरहेको बाटोबारे अध्ययन गरेको थियो । 

Global Ime bank

गाउँपालिका अध्यक्षसहितको टोलीले भारतले आफ्नो भूमिबाट लिपुलेक जाने बाटो बनाउँदै गर्दा गराइरहेको विस्फोटले चट्टान उछिट्टिएर नेपालको बाटो ठाउँ–ठाउँमा भत्काएको उनले बताए ।

भारतीय पक्षले गराएको विस्फोटबाट माल्पा, घाटिवगडलगायत नेपाली भू–भागमा व्यास गाउँपालिकाले बनाएको सडक भत्किएको छ । 

व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव खातीले बाह्रखरीसँग भने,‘‘ठाउँ–ठाउँमा चट्टान महाकाली नदीमै खसेका छन् । कतिपय स्थानमा त महाकाली नै थुनिने खतरा छ । महाकाली थुनिएको अवस्थामा दार्चुलावासीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’’ भारतीय पक्षले बनाइरहेको बाटो र त्यसबाट पर्ने असरबारे केन्द्र सरकारलाई समेत जानकारी भइसकेको छ । 

केही दिनअघि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी गरेपछि नेपालमा व्यापक विरोध भएको थियो । सरकारले कूटनीतिक पहलमार्फत् विवाद सुल्झाउने बताइँरहदा लिपुलेक जाने बाटोबाट नेपालले थप क्षति बेहोर्नुपर्ने सम्भावना बढेर गएको छ । 

त्रिदेशीय नाकामा सुरक्षा उपस्थिति खोइ ?

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र दार्चुलाको व्यास गाउँपालिकामा पर्छ । व्यास गाउँपालिकाले त्रिदेशीय नाकामा राज्यको उपस्थिति िहुनुपर्ने माग गर्दै आएको छ । गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकी आफूहरुले सशस्त्रको वीओपी (बोर्डर आउट पोस्ट) स्थापनाका लागि २० रोपनी जमिन दिने निर्णय गरिसक्दा पनि फाइल केन्द्रमा गएर थन्किएको बताए । उनले दुई देशबीच कूटनीतिक रुपमा समस्याको समाधान गर्नु आवश्यक रहे पनि नेपालले सो क्षेत्रमा सुरक्षा उपस्थिति अनिवार्य गर्नुपर्ने बताए ।

गाउँपालिकाले पटक–पटक सडक विस्तारको मागसमेत गर्दै आएको छ । सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोेकेको सशस्त्र प्रहरी बलले सरकारले सबै व्यवस्थापन गरे आफूहरु कालापानी क्षेत्र गएर सुरक्षा दिन तयार रहेको बताउँदै आए पनि त्यसबारे ठोस निर्णय सरकारले गर्न सकेको छैन । दार्चुला सदरमुकाम खलंगाबाट व्यास गाउँपालिकाको कार्यालयसम्म मोटरसाइकल गुड्ने बाटो भने पुगेको छ । तर बिरामी, आकस्मिक दुर्घटना, सुत्केरी, प्राकृतिक प्रकोपलगायतका समस्यामा भने निकै असहज हुने गरेको स्थानीयको अनुभव छ । 
तस्बिर सौजन्यः व्यास गाउँपालिकाको कार्यालय 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC