site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अग्नि ग्रुपद्वारा विराटनगरमा महिन्द्रा ट्रयाक्टरको थ्रीएस सुविधासहितको शोरुम स्थापना
Argakhachi Cement Island Ad

विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो ।

नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक श्री क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवको संयुक्त उपस्थितिमा बुधबार उद्घाटन गरे ।

“विराटनगर र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०७:२३
प्रतिक्रिया दिनुहोस्