site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतले नेपाली भूमि अतिक्रमण गरी नक्सा सार्वजनिक गर्दासमेत सरकार मौन : कांग्रेस नेता साउँद

फाइल तस्बिर


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेस नेता साउँदले नेपालको भूमि भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नभएको देखिएको तर्क पनि गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउँदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धि सबै समस्या समाधानका लागि कुटिल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उहाँले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्