site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदरखोर जेलको क ब्लकमा महरा, पूर्वआईजीपी ‘रुममेट’

काठमाडौं । जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारको क ब्लकमा राखिएको छ । डिल्लीबजार कारागारमा दुईवटा ब्लक छन् । क ब्लकमा रहेका महरा पूर्वआईजीपी रमेशचन्द ठकुरीको ‘रुममेट’ रहेको स्रोतले जानकारी दियो । उनीहरुसँगै पूर्वडीआईजी रञ्जन कोइराला पनि रहेका छन् ।

महरा पुर्पक्षका लागि जेल चलान, अब थुनामा कि अस्पताल ?

ठकुरी सुडान घोटाला काण्डका भ्रष्टाचारको आरोपमा जेल चलान भएका हुन् भने कोइराला श्रीमती हत्या अभियोगमा ।  सुडानको डार्फरमा सुरक्षाकर्मी आर्म्ड पर्सनल केरियर (एपीसी) लगायतका बन्दोबस्तीका सामग्री खरिदमा घोटाला भएको ठहरसहित ठकुरीलाई एकवर्ष जेल सजाय र ४० हजार जरिबाना हुने सजाय सर्वोच्चले सुनाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठकुरीसँगै पूर्वआईजीपीहरु हेमबहादुर गुरुङ, ओमविक्रम राणालाई पनि जेल सजायको फैसला भएको थियो । करिब एक महिना थापाथलीस्थित नर्भिक अस्पतालमा बिताएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै उनलाई डिल्लीबजार लगिएको थियो । 
अब उनी मुद्दाको अन्तिम फैसला नभएसम्म जेलमै बस्नुपर्नेछ या साधारण तारखेमा रिहाइका लागि उच्च अदालत जानुपर्नेछ । उनका कानुन व्यवसायीहरुले भने अब उच्च अदालतमा जाने बताएका छन् । 

महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश

जिल्ला अदालतको यो आदेशसँगै संसद् नियमावलीअनुसार महराले सांसद पदबाट पाउने सबै सेवा सुविधा अब जेल चलानसँगै रोकिएको छ । अब उनले कुनै पनि सुविधा पाउने छैनन् । नियमावलीमा भनिएको छ–कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकामा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकाा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिने ।”

असोज १२ गते संसद् सचिवालयमै कार्यरत एक कर्मचारीको तीनकुनेस्थित कोठामा पुगेर महराले जबरजस्ती बलात्कार प्रयास गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०८:०१
प्रतिक्रिया दिनुहोस्